Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार छ: नारायणकाजी श्रेष्ठ

विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार छ: नारायणकाजी श्रेष्ठ

२० असोज, काठमाडौं - प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बाढीपहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । श्रेष्ठले विपद्पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्ने बताएका थिए । विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार रहेको श्रेष्ठले बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री…
Read More
स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराइने: गृहमन्त्री रमेश लेखक

स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराइने: गृहमन्त्री रमेश लेखक

१९ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका छन् । शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनशन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरे । गृहमन्त्री लेखकले स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए । उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको स्पष्ट पारे । उनले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई…
Read More
आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने छ: पुष्पकमल दाहाल

आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने छ: पुष्पकमल दाहाल

१९ असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ । दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले…
Read More
जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील छ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ

जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील छ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ

१९ असोज, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गरेका छन् । फास्ट फुड एशोसिएसन नेपालले शनिबार गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा मन्त्री गुरुङले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए । 'देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,' मन्त्री गुरूङले भने । उनले दसैँतिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध…
Read More
सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

१९ असोज, काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री संघ घोषणा कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए । ‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । उनीहरूसँग मैत्रीपूर्ण,…
Read More
बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई  विपद् संकटग्रस्त क्षेत्र घोषणा

बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

१८ असोज, काठमाडौं - सरकारले बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित पालिकाहरूमा राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन बाढीपहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको हो । गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) को अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय ३९ जनाको मृत्यु भएको छ । १९ अझै बेपत्ता छन् । सयौं परिवार घरवारविहीन हुन पुगेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरू पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष…
Read More
देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुग्यो, हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण

देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुग्यो, हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण

१८ असोज, काठमाडौं - देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । केही दिन अघि पानी परेका कारणले डेंगी संक्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ । डेंगीको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ । कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई…
Read More
पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी

पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी

१८ असोज, काठमाडौं - सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । असोज ११ र १२ गते को अविरल वर्षाले देशको विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय २९ जनाको मृत्यु भएको छ । कयौं अझै बेपत्ता छन् । सयौं परिवार घरबारविहीन हुन पुगेका छन् । बाढी र पहिरोले बढी प्रभावित क्षेत्रमा तीब्र गतिमा राहत, उद्दार तथा पुनर्निमाणको कार्य गर्न सरकारले ती क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्रका रूपमा तोक्न लागेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको…
Read More
पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई दियो निर्देशन

पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई दियो निर्देशन

१८ असोज, काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । त्यस्तै, बीपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ । समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडि नै प्रदान गर्न सरकारलाई भनेको…
Read More
विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

१८ असोज, काठमाडौं - नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय संघीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘संघीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताए । स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search