Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ: शेरबहादुर देउवा

हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ: शेरबहादुर देउवा

१६ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा  पूर्वप्रधानमन्त्री देउवाले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका उनले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे । 'नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ ।…
Read More
आज आइतबारबाट लगानी सम्मेलन: १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

आज आइतबारबाट लगानी सम्मेलन: १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी

१६ बैशाख, काठमाडौं - लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज आइतबार सुरु हुँदै छ । सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने र स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी रहेको नेपाल लगानी बोर्डले जनाएको छ । दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजनाहरु रहेका छन्  । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८औं बैठकले मंगलबार तेस्रो…
Read More
सुनकोसी मरिण डाइभर्सन सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी

सुनकोसी मरिण डाइभर्सन सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी

१५ बैशाख, काठमाडौं - सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप…
Read More
अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले जनायो विरोध

अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले जनायो विरोध

१५ बैशाख, काठमाडौं - सरकारले लगानी सहज बनाउन भन्दै अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ । संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन…
Read More
उपनिर्वाचनअन्तर्गत इलाम–२ मा करिब ५८ प्रतिशत र  बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान

१५ बैशाख, काठमाडौं - उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान सम्पन्न भएको छ । इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ । आयोगका अनुसार दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण सम्पन्न भएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ । उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर…
Read More
बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी: पुष्पकमल दाहाल

बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी: पुष्पकमल दाहाल

१४ बैशाख, मोरङ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई  सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका हुन् । 'युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ। प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ ,'प्रधानमन्त्री प्रचण्डले भने,' समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।' समारोहमा युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने…
Read More
नेपाल र चीनबीच मानव संसाधन विकास सहयोग र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता

नेपाल र चीनबीच मानव संसाधन विकास सहयोग र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता

१४ बैशाख, काठमाडौं - नेपाल र चीनबीच शुक्रबार दुईटा सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग सम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता भएको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र…
Read More
काठमाडौं प्रहरी परिसरको जिम्मा बसन्त रजौरेलाई

काठमाडौं प्रहरी परिसरको जिम्मा बसन्त रजौरेलाई

१४ बैशाख, काठमाडौं - गृह मन्त्रालयले ६ जना एसएसपीको सरुवा गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।
Read More
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सर्वोच्चद्वारा सदर

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सर्वोच्चद्वारा सदर

१३ बैशाख, काठमाडौं - सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो । सर्वोच्चले थुनामै राख्न आदेश दिएकाहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश…
Read More
पुष्पकमल दाहाललाई चुनावमा गोरखा-२ छोड्नु आफ्नो गम्भीर गल्ली भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाई

पुष्पकमल दाहाललाई चुनावमा गोरखा-२ छोड्नु आफ्नो गम्भीर गल्ली भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाई

१३ बैशाख, काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०७९ सालको चुनावमा गोरखा-२ बाट उम्मेदवार नबनेर पुष्पकमल दाहाललाई छोड्नु आफ्नो गम्भीर गल्ली भएको बताएका छन् । सामाजिक सन्जाल एक्समा लामो लेख्दै भट्टराईले कहिलेकाहीँ असल नियतले लिएका निर्णयको गलत परिणाम निस्कने गरेको उल्लेख गरेका छन् । आफूले प्रचण्डलाई निर्वाचन क्षेत्र छोडिदिने निर्णय पनि असल नियतबाट लिए पनि परिणाम सही ननिस्किएको उनको भनाई छ । “कहिलेकाहीं असल मनसायले गरेको कामको गलत परिणाम आउँछ । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन,” भट्टराईले लेखेका छन्, “..मैले असल मनसायले गरेको निर्णयले आमजनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search