Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
रियलले चार खेल अगाडी नै उपाधि पक्का गर्‍यो

रियलले चार खेल अगाडी नै उपाधि पक्का गर्‍यो

२३ बैशाख, काठमाडौं - रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना  शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो । ३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ । ला लिगाकै अर्को…
Read More
राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने: नेपाली कांग्रेसका नेता शेखर कोइराला

राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने: नेपाली कांग्रेसका नेता शेखर कोइराला

२२ बैशाख, काठमाडौं  - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं- १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए। निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे । २०६४ को…
Read More
सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड

सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड

२२ बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताएका छन् । बताए । राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताए । 'लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो,' राष्ट्रपति पौडेलले भने, 'विकास निर्माणमा नेपाली…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

२२ बैशाख, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले शनिबार पनि विश्वासको मत नदिने भएको छ । शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं पुगेका छन् । एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
Read More
इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

२१ बैशाख, काठमाडौं - भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार (बैशाख २०) मा केही इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवा अवरुद्ध भएपछि आफूले समन्वय गरी केही समयभित्रै इन्टरनेट सेवा सुचारु गराएको प्राधिकरणको भनाइ छ । साथै इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, 'सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत दूरसञ्चार ऐन, २०५३…
Read More
प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन दिइने छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन दिइने छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल

२१ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न पनि सबैमा आग्रह गरेका छन् । 'प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ' प्रधानमन्त्री दाहालले भने , 'सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन…
Read More
वैशाख २८ गते शुक्रबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

वैशाख २८ गते शुक्रबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

२० बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । बिहीबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्‌को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्। 'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ'  राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।
Read More
राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन  देशको इन्टरनेट सेवा प्रभावित 

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन देशको इन्टरनेट सेवा प्रभावित 

२० बैशाख, काठमाडौं  - विभिन्न कार्यक्रम गरी राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन  देशको इन्टरनेट सेवा एक्कासी प्रभावित  हुन पुगेको छ । विगत एक वर्षदेखि सरकारले अन्तर्राष्ट्रिय ब्यान्डविथ बापत भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई तिर्नुपर्ने इन्टरनेट सेवा प्रदायकको विदेशी मुद्राको सिफारिस रोकिदिएपछि यस्तो परिस्थिति आएको हो । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र  ग्रामीण दूरसञ्चार विकास कोष (आर टी डी एफ) दस्तुर लाग्ने कि नलाग्ने भन्ने विषयमा लामो समयदेखि सरकार र सेवा प्रदायकबिचको विवाद  जारी छ । सेवा प्रदायकले मर्मत सम्भारमा दूरसञ्चार सेवा शुल्क (टी एस सी) नलाग्ने आयमा रोयल्टी र आर टी डी एफ नलाग्ने दाबी गर्दै आएका छन् । सरकारले एकै पटक…
Read More
६ बैंक र केही सञ्चालकलाई कारबाही

६ बैंक र केही सञ्चालकलाई कारबाही

२० बैशाख, काठमाडौं - राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ। कारबाहीमा परेका बैंकमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई रहेका छन् । लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ। यो घटना मर्जर अघि लक्ष्मी बैंक हुँदा भएको हो। यो कर्जा स्वीकृत गरेका सिइओलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ।…
Read More
रोहित पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

१९ बैशाख, काठमाडौं - रोहित पौडेलको कप्तानीमा ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी,प्रतिश जीसी, सन्दीप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता रहने छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search