Skip to main content

Epost Nepal

रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

१९ कात्तिक, काठमाडौं — आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको भन्दै निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

उनको तर्फबाट केहीबेरअघि वकिलहरू रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

सरकारले हिजो मात्रै कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।

आफूमाथि अन्याय भएको भन्दै कार्कीले सर्वोच्च अदालतको कानुनी बाटो रोजेका हुन्। सर्वोच्च अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै उनले पेस गरेको रिट दर्ता हुने वा नहुने टुंगो लाग्नेछ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर उनको स्थानमा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी कार्कीलाई उक्त पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *