Epost Nepal

Day: २०८१ असार १८, मंगलवार

बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेको आग्रह

बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेको आग्रह

१८ असार, काठमाडौं - नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए। यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
Read More
कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य: राष्ट्रिय प्रजातन्त्र पार्टी

कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य: राष्ट्रिय प्रजातन्त्र पार्टी

१८ असार, काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सकारात्मक भनेको छ । दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे मंगलबार राप्रपाले पदाधिकारी बैठकमा छलफल गरेको थियो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताए । ‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो। संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’ अहिलेको…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने

१८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने भएका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि राजनीतिक रुपमा संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका हुन् । माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए । 'गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद्  फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो' पौडेलले भने । मा‌ओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ । ' के आवश्यकता पर्‍यो संविधान संशोधन…
Read More
कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

१८ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” परियारले भने ।
Read More
राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपाले बोलायो पदाधिकारी बैठक

१८ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गरिने ती नेताले बताए । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि राजनीतिक दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
Read More
कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

१८ असार, काठमाडौं - नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको छ । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहम भएका छन् ।
Read More
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

१८ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । सत्ता गठबन्धन फेरिने भएपछि पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।
Read More
कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

१८ असार, काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको हो । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान बैठक बस्न लागेको छ । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search