Skip to main content

Epost Nepal

राप्रपाले बोलायो पदाधिकारी बैठक

१८ असार, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गरिने ती नेताले बताए ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि राजनीतिक दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *