१८ असार, काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको छ ।
लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहम भएका छन् ।



