Epost Nepal

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने

१८ असार, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने भएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि राजनीतिक रुपमा संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका हुन् ।

माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

‘गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद्  फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो’ पौडेलले भने ।

मा‌ओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ ।

‘ के आवश्यकता पर्‍यो संविधान संशोधन गर्ने  ? कतै ०४७ को संविधान ब्युँत्याउनेतर्फ त गइएको होइन’  बैठकमा उठेको कुराबारे जानकारी दिँदै पौडेलले भने । उनले  कांग्रेस एमालेसँग पनि थप कुराकानी गर्ने जानकारी दिए । ‘धेरै परसम्म मिलेर जाने हो भनिरहेको अवस्थामामा एकातिर एक थोक भन्ने, तुरुप एउटा फाल्ने काम अर्को गर्ने कुराको हामी प्रतिवाद गर्छौं ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search