Epost Nepal

Day: २०८२ मंसिर २३, मंगलवार

७७ रनको फराकिलो जितसँगै सुदूरपश्चिम फेरि फाइनलमा

७७ रनको फराकिलो जितसँगै सुदूरपश्चिम फेरि फाइनलमा

२३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न क्वालिफायर–१ मा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो । पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ । विराटनगरका फाफ…
Read More
मलेसियामा व्यापक धरपकड: सेलायाङ बारुबाट नेपालीसहित ८४३ विदेशी श्रमिक पक्राउ

मलेसियामा व्यापक धरपकड: सेलायाङ बारुबाट नेपालीसहित ८४३ विदेशी श्रमिक पक्राउ

२३ मंसिर, काठमाडौं — मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्ध चलाउँदै आएको कारबाहीलाई तीव्र बनाउँदै सेलायाङ बारु क्षेत्रबाट ८४३ जनालाई पक्राउ गरेको छ। मलेसियन सञ्चारमाध्यमका अनुसार पक्राउ परेका मध्ये ८०८ पुरुष र ३५ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म छ। सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियमित प्रवेश, कागजातविहीन बसोबास र सडक छेउमा गैरकानुनी व्यापार बढेपछि अभियान सुरू गरिएको बताए। उनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहितका क्षेत्रमा यस्तै कारबाही चलाइएको थियो। पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन्। समितिले देशगत विवरण सार्वजनिक गरेको छैन। इमिग्रेसन विभागका…
Read More
क्यानका निलम्बित महानिर्देशकमाथि नयाँ मुद्दामा पाँच लाख धरौटी माग, तर थुनामै रहने

क्यानका निलम्बित महानिर्देशकमाथि नयाँ मुद्दामा पाँच लाख धरौटी माग, तर थुनामै रहने

२३ मंसिर, काठमाडौं — विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। मंसिर २३ गते न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले थुनछेक बहसपछि धरौटी तोकेको हो। धरौटी रकम मागिए पनि अधिकारी थुनामै रहनेछन्। यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको थियो। सोही आदेश कायम रहेको हुँदा नयाँ मुद्दामा धरौटी तोकिए पनि अधिकारीलाई रिहा हुँनेछैनन् । मुद्दामा संलग्न क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि अदालतले एक लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा…
Read More
फागुन २१ को चुनाव : रोल्पाबाट गगन थापा पनि प्रत्यक्ष उम्मेदवार सिफारिस

फागुन २१ को चुनाव : रोल्पाबाट गगन थापा पनि प्रत्यक्ष उम्मेदवार सिफारिस

२३ मंसिर, काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ। रोल्पा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा थापासहित पाँच जनाको नाम सिफारिस सूचीमा परेको महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकिय सचिव अनुपम जिसीले जानकारी दिए। प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, युवा व्यवसायी डा. मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम समावेश गरिएको हो।
Read More
नेपालले थप ६ नयाँ ८ हजारमाथिका शिखर सूचीबद्ध गर्यो, अब अन्तर्राष्ट्रिय स्वीकृतिको प्रतीक्षा

नेपालले थप ६ नयाँ ८ हजारमाथिका शिखर सूचीबद्ध गर्यो, अब अन्तर्राष्ट्रिय स्वीकृतिको प्रतीक्षा

२३ मंसिर, काठमाडौं — विश्वभर ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्, जसमा आठ वटा नेपालमा पर्छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालस्थित ८ हजारमाथिका हिमाल हुन्। बाँकी ६ हिमाल पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा अवस्थित छन्— पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम–१, ब्राड–पिक, ग्यासहर्ब्रम–२ र तिब्बततर्फ सिसापाङ्मा। तर पछिल्ला वर्ष नेपालले परम्परागत आठवटाको सूचि थप विस्तार गर्दै ८ हजार मिटरमाथिका ६ नयाँ चुचुरो पहिचान गरी आधिकारिक सूचीमा राखेको छ। करिब १० महिनाअघि पर्यटन विभागले यी नयाँ शिखरहरूलाई पिक–प्रोफाइलमा समावेश गर्दै सरकारी मान्यता दिएको हो। यी ६ नयाँ शिखरलाई अन्तर्राष्ट्रिय मान्यता भने अझै प्राप्त भएको छैन।…
Read More
‘जेनजी आन्दोलनको आधारमा बनेको सरकार, भ्रष्टाचारविरुद्ध कडा कदम चालिन्छ’ ; प्रधानमन्त्री कार्की

‘जेनजी आन्दोलनको आधारमा बनेको सरकार, भ्रष्टाचारविरुद्ध कडा कदम चालिन्छ’ ; प्रधानमन्त्री कार्की

२३ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अन्तरिम सरकार केवल चुनाव व्यवस्थापन गर्ने सरकार मात्र नभएको स्पष्ट पारेकी छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसमा सम्बोधन गर्दै उनले यो सरकार सुशासनको मागसहित चलेको ‘जेनजी’ आन्दोलनको आधारमा बनेको बताइन्। उनका अनुसार सरकारले नियमित कामसँगै सुशासनका मुद्दामा छिटो गतिमा अघि बढिरहेको छ। उनले भने अनुसार ‘जेनजी’ आन्दोलनका माग र अपेक्षाअनुसार परिणाम देखिन केही समय लागे पनि सरकार भ्रष्टाचारविरुद्ध आवश्यक पर्ने जुनसुकै कडा कदम चाल्न पछि नहट्नेछ। यसका लागि राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन्। प्रधानमन्त्री कार्कीका भनाइमा, सरकारले उठाइरहेका कदमले प्रभावित भइरहेका केही समूहले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने प्रयाससमेत गरेका छन्। प्रधानमन्त्री…
Read More
डडेल्धुरा नै अन्तिम राजनीतिक मैदान: देउवाको उम्मेदवारी पुष्टि

डडेल्धुरा नै अन्तिम राजनीतिक मैदान: देउवाको उम्मेदवारी पुष्टि

२३ मंसिर, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ मा निर्धारित प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार बन्नेबारे पार्टीका कार्यकर्तालाई जानकारी गराउन थालेका छन्। गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज महाराजगञ्जस्थित निजी निवासमा भएको भेटमा पनि देउवाले आगामी चुनावमा डडेल्धुराबाट प्रत्यक्ष उम्मेदवार बन्ने आफ्नो निर्णय दोहोर्याएका छन्। ‘सभापतिज्यूसँग कुराकानी हुँदा उहाँले अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने इच्छा व्यक्त गर्नुभयो,’ भट्टले बताए। भट्टका अनुसार उनले युवालाई अघि बढाउनुपर्ने कुरा सभापतिलाई राखेका थिए। यसमा देउवाले ‘चुनाव उठ्ने–नउठ्ने निर्णय म आफैं गर्छु’ भनेको भट्टले बताए। यसअघि देउवा अब चुनाव नलड्ने भन्ने अनुमानी विश्लेषण भइरहेका…
Read More
हात्तीको दाह्रा तस्करी मुद्दामा फरार युवक तीन महिनापछि पक्राउ

हात्तीको दाह्रा तस्करी मुद्दामा फरार युवक तीन महिनापछि पक्राउ

२३ मंसिर, काठमाडौं — संरक्षित वन्यजन्तु हात्तीका दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरणसम्बन्धी मुद्दामा फरार रहेका कैदी पक्राउ परेका छन्। गोरखा सिरानचोक–८ का २२ वर्षीय सविन गुरुङ, जो भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा सजाय भुक्तान गर्दै थिए, तीन महिनापछि प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सोमबार तार्केश्वर–मनमैजु क्षेत्रबाट गुरुङलाई पक्राउ गरिएको हो। उनी पछिल्लो समय यतै क्षेत्रमा बस्दै आएको प्रारम्भिक जानकारी छ। काठमाडौँ जिल्ला अदालतले २०८१ भदौ २८ गते उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो। पक्राउ परेका गुरुङलाई पुनः केन्द्रीय कारागार कार्यालय, सुन्धारामा पेस गरिएको सीआईबीले जनाएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search