Epost Nepal

Day: २०८१ मंसिर २९, शनिबार

प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको आग्रह

प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको आग्रह

२९ मङ्सिर, काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे । ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहालमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ,’ पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ तर हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’ पुनले…
Read More
सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

२९ मङ्सिर, काभ्रेपलाञ्चोक - प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोहमा शनिबार उनले रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताए । “अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढेका छौँ । यसका निम्ति केयूलगायत विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्,” केयूका कुलपति समेत रहेका ओलीले भने । विद्यार्थीलाई पढाइसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका ‘नमुना’ विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्र…
Read More
नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

नेतृत्वविरुद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको छ: एमालेका महासचिव शंकर पोखरेल

२९ मङ्सिर, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको शनिबार उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्‍याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए । हाल पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने उनले बताए । उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग…
Read More
स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन: गृहमन्त्री रमेश लेखक

स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन: गृहमन्त्री रमेश लेखक

२९ मङ्सिर, नवलपरासी - गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार नवलपुरमा पत्रकारसँगको भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका निम्ति सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । “स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो,” उनले भने । फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गरे । उनले छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search