१५ कात्तिक, काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हाे । पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन । इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर…
१५ कात्तिक, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए । एमाले उपमहासचिव समेत रहेका सञ्चामन्त्री गुरुङले प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति…
१५ कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई बधाई र धन्यवाद समेत ज्ञापन गरेका छन् । त्यसअवसरमा उनले सरकारका तर्फबाट खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँका दरले पुरस्कार घोषणा गर्दै तिहारलगत्तै सो पुरस्कार प्रदान गर्ने बताए । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको…
१५ कात्तिक, काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानिसको गलत अभ्यासले प्रकृतिलाई हानी पुर्याई द्वन्द्वसमेत निम्त्याउने भएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् । कोलम्बियाको काली सहरमा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) मा सम्बोधन गर्ने क्रममा मन्त्री ठकुरीले उक्त भनाई राखेका हुन् । सो अवसरमा मन्त्री ठकुरीले समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै सफलता साझा गर्न पाएकोमा खुसी समेत व्यक्त गरे । ‘द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्याउँछ । हामीले हाम्रा अभ्यासबाट उत्पन्न हुने द्वन्द्वलाई रोक्नुपर्छ,’ उनले भने, ‘त्यसैले समुदायमा आधारित संरक्षणमा नेपालको सफलता र सामाजिक–राजनीतिक शान्ति निर्माणमा यसको योगदान साझा गर्न पाउँदा म खुसी…