Epost Nepal

Day: २०८१ कार्तिक ७, बुधबार

रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस्: सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्कीका पीडितहरू

रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस्: सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्कीका पीडितहरू

७ कात्तिक, काठमाडौं - सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्कीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् । अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।'पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगीपीडीत बचतकर्तालाई भड्काउने गरेको कामप्रति…
Read More
कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै प्रतिपक्ष दलहरूले राष्ट्रपतिलाई गराए ध्यानाकर्षण

कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै प्रतिपक्ष दलहरूले राष्ट्रपतिलाई गराए ध्यानाकर्षण

७ कात्तिक, काठमाडौं - प्रतिपक्ष दलहरूले कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई  बुधबार भेटेर कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर सहितका नेताहरुले सरकारले दल फुटाउने अध्यादेश ल्याउने तयारी…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ: नेपाली कांग्रेस

राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ: नेपाली कांग्रेस

७ कात्तिक, काठमाडौं - नेपाली कांग्रेसले सहकारी ठगी र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गरिरहेको प्रदर्शनको विरोध गरेको छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाका गतिविधिको आलोचना गरेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेकामाथि सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । 'आरोपितमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ…
Read More
सरकारको १०० दिनका उपलब्धि सार्वजनिक, गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको दाबी

सरकारको १०० दिनका उपलब्धि सार्वजनिक, गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको दाबी

७ कात्तिक, काठमाडौं - सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए । 'पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ,' ओलीले भने, 'अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search