Epost Nepal

Day: २०८१ कार्तिक १, बिहीबार

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहका लागि तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहका लागि तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस

१ कात्तिक, काठमाडौं - विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ स्थानीय तहका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिन सिफारिस गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद् संकटग्रस्त घोषित गरिएका ७१ वटा स्थानीय तहका विपद् प्रभावित परिवारलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि उक्त अनुदान उपलब्ध गराउन सिफारिस गरेको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले विपद् संकटग्रस्त घोषित ७१ स्थानीय तहमध्ये सबैभन्दा बढी प्रभावित ९ स्थानीय तहलाई १-१ करोड, बढी प्रभावित १२ स्थानीय तहलाई ७५ लाखका दरले र बाँकी विपद् प्रभावित ५० स्थानीय तहलाई…
Read More
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त

१ कात्तिक, काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ । गत असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट रु ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो । त्यस्तै, सोही दिन स्वर्ग पवित्रा…
Read More
बाढीपहिरोले पुर्‍याएको क्षतिमा करिब ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको बिमा दाबी

बाढीपहिरोले पुर्‍याएको क्षतिमा करिब ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको बिमा दाबी

१ कात्तिक, काठमाडौं - हालैको भारी वर्षा र बाढीपहिरोका कारण भएको क्षतिमध्ये मंगलबार सम्म करिब ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । एक हजार ३ सय दुई सय ४४ दाबी संख्याबाट उल्लेखित बमोजिमको रकम मागदाबी गरिएको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । गत मंगलबारसम्म ९७ वटा दाबीको मात्र भुक्तानी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । यो असोज १० देखि २९ सम्मको मात्र तथ्यांक हो । दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले बताएको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search