१३ असोज, काठमाडौं - अविरल वर्षापछि आएको बाढी-पहिरोले करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेका छन् । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए । बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । 'आपत्कालीन अवस्थामा अधिकांश विद्युत् गृहहरुको उत्पादन रोकिएको छ,' उनले भने । अविरल वर्षाले १०१०.२९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको खड्काको भनाइ छ । मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा…
१३ असोज, काठमाडौं - बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार…
१३ असोज, काठमाडौं - सर्वदलीय बैठकले बाढी-पहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित बासस्थान र राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले ९ वटा निर्णय गरेको छ । निर्णयहरु: १. अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २. अविरल वर्षाको कारण आएको बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने । ३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अबरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका…
१३ असोज, काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका छन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी…