Epost Nepal

Day: २०८१ आश्विन १०, बिहीबार

सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

१० असोज, काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी सो आदेश दिएको हो । २०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकोले उत्प्रेषणको आदेश जारी गरिहनुनपर्ने भएकोले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्धयले आफ्नो राय…
Read More
अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

१० असोज, काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण  तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ । बिहीबारदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा  शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको हो । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ । खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा…
Read More
सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने पुष्पकमल दाहालको दाबी

सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने पुष्पकमल दाहालको दाबी

१० असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले गठबन्धनविरुद्ध सदन र सडकबाट आन्दाेलन गर्ने बताएका छन् । अखिल क्रान्तिकारीको २३औ‌ं सम्मेलनको उद्घाटन गर्दै दाहालले प्रतिपक्षकाे सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने दाबी गरे । सरकारमा रहँदा दलाल पुँजीपतिहरुको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने उल्लेख गरे । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं । तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ ।’ उनले संविधानविरुद्ध उभिने खोजे माओवादीले प्रतिरोध गर्ने बताए । ‘फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search