Epost Nepal

अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल

१० असोज, काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण  तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ ।

बिहीबारदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा  शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको हो ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ ।

खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा राख्न, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहन पनि प्राधिकरणले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search