Epost Nepal

Day: २०८१ भाद्र १७, सोमबार

बर्तमान सरकार बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावादतर्फ लैजाने दिशामा उद्धत देखिन्छ: नेकपा माओवादी केन्द्र

बर्तमान सरकार बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावादतर्फ लैजाने दिशामा उद्धत देखिन्छ: नेकपा माओवादी केन्द्र

१७ भदौ, काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा संसद्‍बाट गरिएकाे खबरदारीलाई सरकारले बेवास्ता गरे सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिइएको हो । ‘प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्नुपर्नेछ’ आइतबार पठाइएको परिपत्रमा भनिएको छ, ‘सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन् अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ ।’ एमाले अध्यक्ष…
Read More
दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिन अर्थ मन्त्रालय सहमत

दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिन अर्थ मन्त्रालय सहमत

१७ भदौ, काठमाडौं - अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिन सहमति जनाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानहरूको बाँकी रकम भुक्तानीका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गतेको पहलपछि अर्थ मन्त्रालयले सर्तसहित रकम दिन सहमति दिएको हो । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानीअन्तर्गत एक करोड रुपैयाँ बजेट व्यवस्था भएको थियो । कृषि मन्त्रालयमा…
Read More
बिचौलियाहरूको डिजाइनमा कांग्रेस-एमालेले रातारात समीकरण निर्माण गरे: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

बिचौलियाहरूको डिजाइनमा कांग्रेस-एमालेले रातारात समीकरण निर्माण गरे: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

१७ भदौ, काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस-एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए । सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो । पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search