Epost Nepal

Day: २०८१ श्रावण २७, आईतवार

आप्रवासन नीतिको मस्यौदामा श्रम आप्रवासन प्रक्रियामा लाग्ने खर्च श्रमिकले ब्यहोर्नु नपर्ने नीति

आप्रवासन नीतिको मस्यौदामा श्रम आप्रवासन प्रक्रियामा लाग्ने खर्च श्रमिकले ब्यहोर्नु नपर्ने नीति

२७ साउन, काठमाडौँ - श्रम आप्रवासन नीतिको मस्यौदा टोलीले श्रम आप्रवासन प्रक्रियामा लाग्ने खर्च श्रमिकले ब्यहोर्नु नपर्ने नीति तयार गरेको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ टोलीका संयोजक डा गणेश गुरुङले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई ‘श्रम आप्रवासन नीति मस्यौदा–२०८१’ बुझाएको हो । श्रम आप्रासन ब्यवस्थापनमा सुशासन कायम गर्ने नीतिको रणनीतिमा ‘श्रम आप्रासनका क्रममा हुने खर्च श्रमिकले ब्यहोर्नु नपर्ने’ उल्लेख छ । यसलाई कार्यान्वपयन गर्नको लागि ‘श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले व्यहोर्न प्रणालीको विस्तार एवम् प्रभावकारी कार्यान्वयन गरिने’ कार्यनीति लिइएको छ । नीतिलाई सफल बनाउन ‘स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अबलम्बन गरिने, रोजगारदाता र श्रम…
Read More
भ्रष्टाचार सम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएको सांसदहरुको जोड

भ्रष्टाचार सम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएको सांसदहरुको जोड

२७ साउन, काठमाडौँ - सांसदहरुले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँच वर्षे हदम्याद राख्न नहुने धारणा राखे । सांसद नारायणी शर्माले भ्रष्टाचार, अनियमिततामा संलग्न व्यक्तिलाई अनुसन्धानगरी कारबाही गर्न कुनै हदम्याद राख्न नहुनेमा जोड दिइन् । 'जहिले भ्रष्टाचार तथा अनियमितता भएको थाहा हुन्छ, त्यतिबेला पनि कारबाही गर्ने बाटो खुला राख्नुपर्छ,' उनले भनिन्, 'भ्रष्टचारीलाई कारबाही गर्न हदम्याद राख्न हुँदैन ।' सांसद अर्जुननरसिंह…
Read More
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरे स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक, स्वास्थ्य बिमा कार्यक्रम सुधार मुख्य प्राथमिकतामा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरे स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक, स्वास्थ्य बिमा कार्यक्रम सुधार मुख्य प्राथमिकतामा

२७ साउन, काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले अल्पकालीन र दीर्घकालीन गरी १४ बुँदे कार्ययोजना प्रस्तुत गरेका हुन् । मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन् । स्वास्थ्य बिमा कार्यक्रमको सुधार उनको मुख्य प्राथमिकतामा छ । बिमा सुविधाकोे दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने र प्रेषण प्रणाली सहज बनाउने उनको प्रस्ताव छ । कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, आमा सुरक्षा…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री बीच शिष्टाचार भेटवार्ता, ओलीले गरे भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री बीच शिष्टाचार भेटवार्ता, ओलीले गरे भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

२७ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत समेत सहभागी थिए । नेपालको औपचारिक दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उनीमार्फत भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search