Epost Nepal

Day: २०८१ श्रावण २६, शनिबार

संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२६ साउन, काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै दाहालले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 'विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ। संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं । देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ । त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,' अध्यक्ष दाहालको…
Read More
ओली सरकारको जग हल्लिन थालेको छ: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

ओली सरकारको जग हल्लिन थालेको छ: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

२६ साउन, काठमाडौँ - माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले वर्तमान सरकार लामो समय नचल्ने बताएका हुन् । सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे । आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो । ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसदमा र बाहिर पनि…
Read More
आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता

आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता

२६ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । शनिबार काठमाडौंमा लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रममा उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहोर्‍याए । देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिन आफू सदैव लागिपरेको उनले उल्लेख गरे । उनले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे । जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने विषयलाई आफूले चासोमा राखेर त्यसलाई पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरेर अघि बढेको…
Read More
एमालेसँग विमतिका विषयहरूलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन: कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

एमालेसँग विमतिका विषयहरूलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन: कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

२६ साउन, काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको प्रस्ट्याए । शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेबीचमा भएका विमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कयौं कुरामा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search