Epost Nepal

Day: २०८१ श्रावण २३, बुधबार

टीआरसी सम्बन्धी विषयलाई निष्कर्षतर्फ अघि बढाउनु वर्तमान सरकारको पहिलो सफलता: गृहमन्त्री रमेश लेखक

टीआरसी सम्बन्धी विषयलाई निष्कर्षतर्फ अघि बढाउनु वर्तमान सरकारको पहिलो सफलता: गृहमन्त्री रमेश लेखक

२३ साउन, काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रमेश लेखकले कांग्रेस-एमाले मिल्दा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कानून निर्माणमा ब्रेक थ्रू हुने स्थिति बनेको बताएका छन् । उनले १८ वर्षदेखि पूरा हुन नसकेका र ९ वर्षदेखि कानुन नै बन्न नसकेको विषयलाई समाधानको बाटोमा अघि बढाउन सफल भएको बताए । बुधबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पछिल्लो सरकार गठन र काम कारबाहीका विषयमा ब्रिफिङ गर्दै गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षतर्फ अघि बढाउनु वर्तमान सरकारको पहिलो सफलता भएको दाबी गरे । 'यो गठबन्धन बनेपछि सकारात्मक परिणामहरु देखिन थालिसकेका छन् ।  हामीले आज मात्रै संक्रमणकालीन न्याय सम्बन्धी विषयमा टुंगिन बाँकी रहेको बेपत्ता पारिएकाहरुको छानविन…
Read More
अहिलेको गठबन्धन डरमा आधारित छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अहिलेको गठबन्धन डरमा आधारित छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२३ साउन, काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको बताएका छन् । उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए । अध्यक्ष दाहालले भने, 'अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।'…
Read More
टिआरसी विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुझायो प्रतिवेदन

टिआरसी विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुझायो प्रतिवेदन

२३ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएका हुन् । संयोजक लेखकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी…
Read More
एयर डानेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु

एयर डानेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु

२३ साउन, काठमाडौँ - एयर डानेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोट शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बीचमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार क्याप्टेन अरुण मल्ल र चार चिनियाँ पर्यटकको मृत्यु भएको हो । चार जना पर्यटक लिएर हेलिकोप्टर काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो। स्याप्रुबेसीमा चिनियाँ पर्यटकलाई छाडेर त्यहाँ रहेका अन्य पर्यटकलाई काठमाडौं ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको थियो। मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु हुनेमा ४ पुरुष र १…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search