२० साउन, ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए । 'मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ', प्रधानमन्त्री ओलीले भने । उनले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए । उनले भने, 'एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरुले बनाउन सक्नुपर्यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ ।…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कामलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । सत्तारुढ कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शर्माले इतिहासमा बोली नभइ कर्म बिक्ने स्मरण गराए । कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको उनको जिकिर थियो । उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसद्मा ल्याएर पारित…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै मुलुकको नेतृत्व गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई सबैको आस्था र निष्ठाको केन्द्र बनाउन आफू प्रतिबद्ध भएर लागेको बताए । महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने भन्दै पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए । उनले भने, 'नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत…
२० साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । ‘यसअघिका दुई सदस्यलाई लिखित स्पष्टिकरण माग गरिएको थियो, उहाँहरुले स्पष्टिकरण पनि बुझाउनु भयो,’ उनले भने, ‘उहाँहरुले बुझाउनु भएको स्पष्टिकरण चित्त नबुझेपछि शुक्रबार नै मन्त्रीस्तरीय निर्णयबाट पदमुक्त गर्यौं । नयाँ सदस्यलाइ पनि नियुक्त गरिसक्यौं ।’ कार्की पूर्व उर्जा तथा भाैतिक सचिव हुन् ।गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका पूर्व…
२० साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।
२० साउन, काठमाडौं - कर्णालीका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । कांग्रेसका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् । आठ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसले लिएको छ ।
२० साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् । आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा…