१८ साउन, धनगढी - सुदूरपश्चिम प्रदेशमा साउन २० गते आइतबार भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । उक्त धारामा दुई या दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ । हाल दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको अवस्थामा सुदूरपश्चिममा यी…
१८ साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् । शुक्रबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सोडारीले लगत्तै प्रदेश प्रमुख मियाँलाई भेटेर राजीनामा बुझाएका हुन् । प्रदेश सभामा अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरेका थिए । तर, उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका थिए । नेपाली कांग्रेससँग सहमतिपश्चात असार २८ गते नेकपा एमालेले सोडारी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। त्यसपछि संविधानअनुसार पाउने ३० दिनको सुबिधा उपभोग गरेर सोडारीले शुक्रबार राजीनामा गरेका हुन्। योसँगै प्रदेशमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई बाटो खुलेको छ। यहाँ…
१८ साउन, काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीहरुले अहिलेसम्म पुनरावेदन नगरेको भन्दै प्रश्न उठाए । उद्योेगी व्यवसायीहरुलाई विद्युत प्राधिकरणले पठाएको कुनैपनि बिलमा चित्त नबुझ्दा पुनरावेदन गर्न पाउने भएपनि अहिलेसम्म कतै नगएर विवाद सिर्जना भएको उल्लेख गरे । ‘डेडिकेटेड र ट्रंकलाइनको बीच समयको वक्यौता रकम लिने निर्णय गरेका छौं । लोडसेडिङ अन्त्य भएपछिको वक्यौता अदालतमा मुद्दा परेकाले अदालतको निर्णय नआएसम्म स्थगन गर्ने निर्णय भएको छ । बीचको रकम प्राधिकरणले…
१८ साउन, काठमाडौं - नवनियुक्त तीन राज्यमन्त्रीले शपथ लिएका छन् । शुक्रबार राज्यमन्त्री नियुक्त भएका तीन जनाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शुक्रबार कांग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङ तथा नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रूपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । योसँगै २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
१८ साउन, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) ल्याएका छन्। परीक्षामा ९ हजार ५९१ जना विद्यार्थीले भने ४ जीपीए ल्याएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी थिए। कक्षा १२ को…
१८ साउन, काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि…