Epost Nepal

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

१८ साउन, काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् ।

शुक्रबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सोडारीले लगत्तै प्रदेश प्रमुख मियाँलाई भेटेर राजीनामा बुझाएका हुन् ।

प्रदेश सभामा अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरेका थिए । तर, उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका थिए ।

नेपाली कांग्रेससँग सहमतिपश्चात असार २८ गते नेकपा एमालेले सोडारी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। त्यसपछि संविधानअनुसार पाउने ३० दिनको सुबिधा उपभोग गरेर सोडारीले शुक्रबार राजीनामा गरेका हुन्।

योसँगै प्रदेशमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई बाटो खुलेको छ। यहाँ कांग्रेसको नेतृत्वमा सरकार बनाउने कांग्रेस–एमालेको सहमति छ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search