१५ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 'आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो,' उनले भने । प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । 'बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चामा विस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ,' उनको…
१५ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका हुन् । अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएको बताउँदै उनले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा स्पष्ट पारिसकेको स्मरण गराए। ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका…
१५ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताए । ‘स्वास्थ्य बीमा आवश्यक छ । तर यो अवस्थाको होइन । यसलाई एकदमै प्रभावकारी बनाउन जरूरी छ,’ मन्त्री पौडेलले भने, ‘पहिला बीमाको स्रोत सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा अन्तर्गत लैजानुपर्छ ।’ समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रुपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य…