Epost Nepal

Day: २०८१ श्रावण १३, आईतवार

विशेष अदालतले तत्कालीन मुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग माग्यो ५० हजार रुपैया धरौटी

विशेष अदालतले तत्कालीन मुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग माग्यो ५० हजार रुपैया धरौटी

१३ साउन, काठमाडौं - भ्रष्टाचारको आरोप लागेका तत्कालीन मुख्यसचिव डा. व‌ैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले अर्याललाई धरौटी लिएर रिहा गर्न आदेश दिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते  तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका थिए ।…
Read More
पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

१३ साउन, काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकेको हो । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो । यसअघि विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । जोशीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको…
Read More
पदाधिकारी बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

पदाधिकारी बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१३ साउन, काठमाडौं - पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना बनाइरहेको बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताएका हुन् । 'पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ'  अध्यक्ष दाहालले भने । उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको धारणा राखे । '१८ महिना सरकारको नेतृत्व…
Read More
छ/छ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनायो: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

छ/छ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनायो: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

१३ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ । कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैं २/४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search