Epost Nepal

Day: २०८१ श्रावण ४, शुक्रबार

मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री केपी शर्मा ओली

मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री केपी शर्मा ओली

४ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको उल्लेख गरे । ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा नआएको भन्दै उनले भने, 'म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।' प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष…
Read More
आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने सुजाता कोइरालाको घोषणा

आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने सुजाता कोइरालाको घोषणा

४ साउन, काठमाडौं -नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने घोषणा गरेकी छन् । शुक्रबार शेखर कोइरालाको सचिवालय पुगेकी सुजाता कोइरालाले उक्त घोषणा गरेकी हुन् । सुजातालाई शेखरले स्वागत गरेका थिए । शेखर दाले बोलाउनुभयो । अब म पनि आएँ,' सुजाताले भनिन्, 'हामी एकजुट भएर अघि बढेनौँ भने कोही पनि नरहने स्थिति भयो । त्यसकारण सबैले केही न केही त्याग गर्नुपर्छ भन्ने लागेर म अब शेखर दासँग जोडिएको छु । उहाँले धेरै मिहिनेत गर्नुभएको छ । अब उहाँलाई मेरो पनि साथ छ । अब शशांक पनि यहाँ आउनुहुन्छ । हामी मिलेर नै अघि बढ्छौँ । हामी एकजुट हुनैपर्छ । हाम्रो बुवाहरुले, हजुरबाहरुले…
Read More
आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमाले बुझायो सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझावपत्र

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमाले बुझायो सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझावपत्र

४ साउन, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नै पार्टी नेतृत्वको सरकारलाई तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको सुझावपत्र बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले शुक्रबार दिएको सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू समेटिएका छन् । एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search