१४ जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट…
१४ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले सदनको गतिरोध अन्त्यको प्रयासमा सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए । यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक…
१३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । सरकारविरुद्ध आइतबार कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै शर्माले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप छ । ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भरतपुरका रवि लामिछानेलाई समय लाग्छ ।’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर…
१३ जेठ, काठमाडौं - प्रतिनिधिसभाको आइतबारको बैठकबाट सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो । नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन…
१३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने बताएको खुलेको छ। प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति देउवाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्नु गलत हुने बताएका हुन् । कांग्रेस महामन्त्री गगन थापाले आइतबार दिउँसो प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा खुलासा गरेका हुन् । ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम…
१२ जेठ, काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको हो । महानगरपालिकाका प्रमुख बालेन शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका छन् । कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेन शाहको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो । उनले चक्रपथ विस्तारको…
१२ जेठ, काठमाडौं - सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ । शनिवार सिंहदरबारमा बसेको कार्यादलको बैठक सहमति नजिक पुगेको कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए । यद्यपि, शीर्ष नेताहरूबीचको बैठकपछि मात्र अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बनाइने कानुन, मन्त्री गिरीले बताए । उनका अनुसार, शीर्ष नेताहरूको बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शीर्ष नेताहरूको बैठकपछि मात्र संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने उनले जानकारी दिए ।
१२ जेठ, काठमाडौं - सरकारले यसअघि बचत फिर्ताका लागि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले रिले अनशन सुरु गरेका छन् । शुक्रबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको पीडितले बताए । काठमाडौं उपत्यकासहित चितवनबाट पनि सहकारी पीडितले आन्दोलन थालेको जनाएका छन् । आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकको दाबी छ । माइतीघर मण्डलबाट सुरु भएको पीडितहरूको आन्दोलन र्यालीपछि कोणसभा गरी रिले अनशनमा परिणत भएको थियो । सहकारी पीडितको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने महासंघका अध्यक्ष कुशलव केसीले जानकारी दिए ।
११ जेठ, काठमाडौं - नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दलहरुको बैठकमा कांग्रेस नेताहरुले सिरोहियामाथि गरिएको धरपकडका विषयमा प्रधानमन्त्रीसँग प्रश्न उठाएका थिए । त्यस्तै, केही दिनअघि प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसदहरुलाई लाञ्छना लगाउँदै दिएका अभिव्यक्तिका बारेमा समेत प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो, किन त्यस्तो भयो ? त्यसमा हाम्रो गम्भीररुपले चासो छ, यसमा सरकारले जवाफ दिनुपर्छ भनेर कुरा उठायौँ,' बैठकपछि लेखकले भने, 'त्यस्तै, केही दिन पहिले गृहमन्त्रीजीले प्रतिनिधिसभाको…
११ जेठ, काठमाडौं - कार्यसूचीमै प्रवेश नगरी शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेले अर्को बैठक जेठ १३ गते आइतबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस सांसदहरूले उठेर विरोध गरिरहे । सभामुख घिमिरेले आफूले सांसदहरूलाई बोल्न दिएन भनेर दलहरूले प्रचार गरेको भन्दै आपत्तिसमेत जनाए । उनले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले पनि सदन चलाउन सहयोग गर्न प्रतिपक्षी दललाई अनुरोध गरेका थिए । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीसमेत थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले…