Epost Nepal

देउवाले प्रधानमन्त्रीलाई भने मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न खोज्नु गलत

१३ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने बताएको खुलेको छ।

प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति देउवाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्नु गलत हुने बताएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले आइतबार दिउँसो प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा
सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा खुलासा गरेका हुन् ।

‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला,’ देउवाले प्रधानमन्त्री दाहाललाई भनेका उद्धृत गर्दै थापाले सुनाए, ‘म लखेटिएको र गाली खाएको छु। तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकताबारे पक्राउ परेका प्रसंगमा सभापति देउवाले प्रधानमन्त्रीसँग उक्त कुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search