Epost Nepal

सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

१७ असार, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाही विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन’ गृहमन्त्री लामिछानेले भने । गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको…
Read More
उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट हटायो रन्जिता श्रेष्ठलाई

उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट हटायो रन्जिता श्रेष्ठलाई

१७ असार, काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।
Read More
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

१६ असार, काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएको छ ।
Read More
यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको केपी शर्मा ओली भनाई

यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको केपी शर्मा ओली भनाई

१६ असार, काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्दै ओलीले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा फलेको मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने उनले बताए । ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशिलता र…
Read More
एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउन निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको छ : पुष्पकमल दाहाल

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउन निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको छ : पुष्पकमल दाहाल

१६ असार, काठमाडौं - प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताएका हुन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह समेत गरेका छन् । 'एकीकृत समाजवादी र मा‌ओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,' प्रधानमन्त्री दाहालले भने, 'यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा…
Read More
संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति अहिलेको महत्त्वपूर्ण एजेन्डा: शेरबहादुर देउवा

संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति अहिलेको महत्त्वपूर्ण एजेन्डा: शेरबहादुर देउवा

१६ असार, काठमाडौं - कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए । 'नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्,' देउवाले भने 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।' सभापति देउवाले एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ व्यवस्थाका पक्षमा काम गरिरहेको बताए । 'यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका…
Read More
नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको आरोप

नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको आरोप

१६ असार, काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताएका छन् । काठमाडौंमा आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । त्यस्तै राउतले  महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न नसुहाउने बताए । ‘हामी समाजवादका कुरा गर्दछौं । म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने,' उनले भने, 'जुन ठाउँमा कर्णालीमा मान्छे…
Read More
सहमति भए सोमबार नै मन्त्रिपरिषदमा हेरफेरको सम्भावना

सहमति भए सोमबार नै मन्त्रिपरिषदमा हेरफेरको सम्भावना

१६ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्ताटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आइतबार दिउँसो भेटवार्ता भएको थियो। उनीहरूबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने पनि पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषदमा केहि हेरफेर गर्न चाहेको र सोका बिषयमा पनि कुराकानी भएको बुझिएको छ । माओवादी केन्द्रबाट मन्त्रीबनेका केहिलाई परिबर्तन गर्ने तथा जनमत पार्टी र नागरिक…
Read More
आइसिसी टी-२० विश्वकपको उपाधि भारतलाई

आइसिसी टी-२० विश्वकपको उपाधि भारतलाई

१६ असार, काठमाडौं - आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो । पूरा प्रतियोगितामा अपराजित रहेको भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनल सम्मको यात्रा अपराजित तय गरेको थियो, तर निर्णायक खेलमा चुक्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६…
Read More
कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घन्टा भेटवार्ता

कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घन्टा भेटवार्ता

१५ असार, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्। देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search