१६ असार, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ताटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आइतबार दिउँसो भेटवार्ता भएको थियो। उनीहरूबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने पनि पुगेका थिए ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषदमा केहि हेरफेर गर्न चाहेको र सोका बिषयमा पनि कुराकानी भएको बुझिएको छ ।
माओवादी केन्द्रबाट मन्त्रीबनेका केहिलाई परिबर्तन गर्ने तथा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने बिषयमा प्रधानमन्त्रीले छलफलमा कुरा राखेको स्रोतको भनाई छ । स्रोतका अनुसार सहमति भए संभवत सोमबार नै मन्त्रिपरिषदमा केही परिबर्तन आउने सम्भावना छ ।



