Epost Nepal

समानुपातिक उम्मेदवारहरु टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक सुरु

समानुपातिक उम्मेदवारहरु टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक सुरु

समानुपातिक उम्मेदवारहरु टुंग्याउन रास्वपाको केन्द्रीय समिति बैठक सुरु

१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचन प्रक्रियाबाट तयार भएको समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो। यसअघि, गत पुस ११ गते रास्वपाले समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको थियो। उक्त प्रक्रियाका लागि कुल ४१४ जनाले आवेदन दिएका थिए, जसका लागि पार्टीले प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो। निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म निर्धारण गरेको छ। आयोगको निर्देशिका अनुसार राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२…
Read More
जेन–जी आन्दोलनबारे रमेश लेखकको स्पष्टिकरण: आदेश दिएको छैन

जेन–जी आन्दोलनबारे रमेश लेखकको स्पष्टिकरण: आदेश दिएको छैन

१४ पुस, काठमाडौं — तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको घटनाको नैतिक जिम्मेवारी आफूले लिएको तर भदौ २४ गते भएका घटनाहरू भने योजनाबद्ध भएको दाबी गरेका छन्। सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै लेखकले २३ गतेको दुःखद् घटनापछि नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिएको बताएका हुन्। बयानमा उनले भनेका छन्, “गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको हैसियतले त्यस घटनाबाट म अत्यन्तै मर्माहित भएँ। गहिरो पीडाबोधका कारण गृहमन्त्री पदमा रहेका व्यक्तिले पदीय नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने अठोटका साथ नैतिकताका आधारमा तत्काल राजीनामा दिएको हुँ। अहिले पनि म भन्छु— भदौ २३ को घटना हुँदा म देशको…
Read More
नेप्सेमा मजबुत सुधार, साढे ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

नेप्सेमा मजबुत सुधार, साढे ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

१३ पुस, काठमाडौं — साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। अघिल्ला दुई कारोबार दिन सामान्य वृद्धि देखिएको नेप्से आइतबार ४७.५५ अंकले बढेको हो। गत बिहीबारको तुलनामा १.८३ प्रतिशतले वृद्धि भएसँगै नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा पुगेको छ। चार कारोबार दिनपछि नेप्से पुनः २६ सय विन्दु माथि उक्लिएको हो। यसअघि गत आइतबार १९.९२ अंकले घटेर नेप्से २ हजार ५ सय ९५.१० विन्दुमा झरेको थियो। आइतबार २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली देखिएको छ, जसमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन,…
Read More
११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक

११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक

१३ पुस, काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू समेटिएको सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको बैठकमा समानुपातिकतर्फका उम्मेदवारको विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दलहरूलाई निर्वाचन आयोगले भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समयसीमा तोकेको छ। यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार गरिसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको उक्त प्रारम्भिक सूचीमाथि सचिवालय बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
Read More
नेपाललाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र जारी छ: महासचिव पोखरेल

नेपाललाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र जारी छ: महासचिव पोखरेल

१३ पुस, काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको दिनकै बिहान महासचिव पोखरेलले उक्त चिन्ता सार्वजनिक गरेका हुन्। कसैको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, “भदौ २३ र २४ गते घटेका घटनाहरू नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर युक्रेनजस्तै अस्थिर बनाउने योजनाको पहिलो चरण थिए। अब त्यही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि अघि बढ्दैछ।” उनले गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी…
Read More
रवि–बालेनबीच ७ बुँदे सहमति, एउटै पार्टीबाट चुनाव लड्ने निर्णय

रवि–बालेनबीच ७ बुँदे सहमति, एउटै पार्टीबाट चुनाव लड्ने निर्णय

१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीबाट निर्वाचनमा सहभागी हुने विषयमा ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार, रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने विषयमा बालेन सहमत भएका छन् भने रविले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने सहमति जनाएका छन्। सहमतिपत्रको बुँदा नम्बर ४ मा उल्लेख गरिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।” रवि लामिछाने र बालेनद्वारा हस्ताक्षरित सहमतिपत्रमा नेपालको समतामूलक र उन्नत विकासप्रति प्रतिबद्ध…
Read More
गाँजा ओसारपसार गर्दै गर्दा मोरङमा प्रहरीले चलायो गोली

गाँजा ओसारपसार गर्दै गर्दा मोरङमा प्रहरीले चलायो गोली

१३ पुस, काठमाडौं — मोरङको जहदा गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रमा गाँजा कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। प्रहरीले शनिबार राति गोली चलाउँदै ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। नेपाल–भारत सीमा नजिक पर्ने जहदा गाउँपालिका–२ तारिगामा शनिबार राति करिब १०ः३० बजे प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरी देख्नासाथ टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई जना भारतीय नागरिक फरार हुन खोजेका थिए। उनीहरूलाई रोक्न प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको जनाएको छ। हवाई फायरपछि प्रहरीले गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्लाका चन्दामोहन निवासी २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा…
Read More
पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीको रूपमा शपथग्राही

पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीको रूपमा शपथग्राही

११ पुस, काठमाडौं —  नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्दै पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै परराष्ट्र मन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो।
Read More
सञ्चारमन्त्रीसँग छलफलमा प्रचण्ड: तोकिएकै मितिमा चुनाव हुनुपर्छ

सञ्चारमन्त्रीसँग छलफलमा प्रचण्ड: तोकिएकै मितिमा चुनाव हुनुपर्छ

११ पुस, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा प्रचण्डले निर्वाचनको कुनै विकल्प नरहेको बताएका हुन्। प्रचण्डसँगको भेटपछि सरकारका प्रवक्ता खरेलले सञ्चारकर्मीसँग भने, “निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको हो। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ र निर्वाचनका लागि सरकारलाई सहयोग रहने स्पष्ट गर्नुभयो।” उनका अनुसार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारले आवश्यक निर्वाचन वातावरण तयार पारेमा चुनावमा सहभागी हुने बताएका छन्।…
Read More
फागुन २१ को चुनावका लागि सबै उल्झन हटाउने सरकारको प्रतिबद्धता

फागुन २१ को चुनावका लागि सबै उल्झन हटाउने सरकारको प्रतिबद्धता

११ पुस, काठमाडौं — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सरकारले सबै प्रकारका अवरोध र जटिलता हटाउने प्रतिबद्धता जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब दुई घण्टा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचन अनुकूल वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पारे। निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफ्नो दायरा नछोडेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गर्दा, त्यसको जवाफ दिँदै प्रवक्ता खरेलले निर्वाचनलाई उत्सव र महायज्ञको संज्ञा दिए। उनले भने, “निर्वाचन एउटा महोत्सव हो, महायज्ञ हो। यस लक्ष्यतर्फ अघि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search