१८ पुस, काठमाडौं — कञ्चनपुरमा उद्धार ढिलाइ हुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को ज्यान गएको छ। दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीमा फसेको अवस्थामा रहेको डमरूको मृत्यु भएको हो। बुधबार बिहान नदीको हिलो र पानीमा फसेको अवस्थामा डमरू भेटिएको थियो। स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराए पनि सम्बन्धित निकायबाट उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो छ। मृत्यु भएको डमरूको उमेर करिब दुई महिना रहेको जनाइएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको आरोप लगाए। उनले डमरू…
१७ पुस, काठमाडौं — भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीलाई बयानका लागि पत्र पठाइने जानकारी दिएका हुन्। तर, एमाले अध्यक्ष ओलीले भने आयोगमा बयान नदिने अडान लिँदै आएका छन्। उनले आफूलाई गोली हाने पनि बयान नदिने भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया दिइसकेका छन्। यस विषयमा सञ्चारकर्मीहरूले ‘ओली बयान दिन नआए के गर्नुहुन्छ ?’ भनी सोध्दा अध्यक्ष कार्कीले ‘त्यो अवस्था आएपछि थाहा हुन्छ’ भनेर प्रतिक्रिया दिएका छन्। आयोगले बुधबार तत्कालीन गृहमन्त्री रमेश…
१७ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङ पक्षबाट पार्टी पदाधिकारीमा कति जनालाई समेट्ने भन्ने विषयमा सहमति जुटेको छ। रास्वपा स्रोतका अनुसार बालेन पक्षबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने समझदारी भएको छ। त्यस्तै, कुलमान घिसिङ समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ। ‘बालेन र कुलमान दुवै समूहबाट दुई–दुई जनालाई पदाधिकारीमा समावेश गर्ने भद्र सहमति बनेको हो,’ रास्वपा स्रोतले भन्यो, ‘सहमति अनुसार दुवै पक्षबाट नाम आउन बाँकी छ।’ पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङलाई रास्वपामा समेट्न छुट्टाछुट्टै…
१७ पुस, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’जस्तै अवस्थातर्फ धकेल्ने योजनाबद्ध प्रयास भइरहेको आशंका व्यक्त गर्दै सबै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूलाई राष्ट्रिय एकतामा आबद्ध हुन आह्वान गरेका छन्। अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका तिनका सहयोगीहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसको दिशातर्फ लैजान सक्रिय भूमिका खेलिरहेको आरोप लगाएका छन्। विदेशी पैसा र प्रलोभनको सहारामा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गरी नेपाली समाजलाई परिवर्तनको मार्गबाट विमुख गराउने प्रयास भइरहेको उनको भनाइ छ। शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् कि अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका…
१७ पुस, काठमाडौं — सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोलीबाट स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ अन्तर्गत पुरी टोलमा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको पनि उनले बताए। साहको मृत्यु भएपछि स्थानीयवासीले शव उठाउन नदिँदै घटनास्थलमै प्रदर्शन गरिरहेका छन्। प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८ देखि १० बोरा चिनी बोकेर भारतबाट नेपालतर्फ ल्याइरहेका थिए। सवारी चलाइरहेका बेला उनीमाथि गोली…
१५ पुस, काठमाडौं — रूसद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाईएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासतर्फ आइतबार राति युक्रेनबाट ९१ वटा ड्रोन प्रहार गरिएको थियो। उनले टेलिग्राममार्फत जारी विज्ञप्तिमा उक्त सबै ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति नभएको पनि उनले बताएका छन्। यस घटनालाई आधार बनाउँदै रूसले शान्ति वार्तासम्बन्धी आफ्नो अडान पुनरावलोकन गर्न सक्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। लाभरोभले युक्रेनले ‘राज्य आतंकवाद’को नीति अपनाएको आरोप लगाउँदै वार्तास्थितिमा पुनः समीक्षा हुन सक्ने बताए पनि अमेरिकासँगको संवाद…
१५ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, अमन-चैन र दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचन नै सबैभन्दा प्रभावकारी उपाय भएकाले यस प्रक्रियामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्। बालुवाटारमा आज बिहान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले देश अब थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट व्यक्त गर्न आग्रह गरिन्। मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले जनतामार्फत आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एकमात्र बाटो भएको बताइन्। ‘हामीले धेरै कठिन परिस्थितिबाट मुलुकलाई पुनः शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौं,’ उनले भनिन्,…
१५ पुस, काठमाडौं — वैकल्पिक राजनीतिमा सक्रिय तीन प्रमुख शक्ति अब एउटै दल र एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समाहित भएको हो। रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरमा बालेन्द्र साक्षी बनेका थिए भने कुलमान घिसिङ पनि उपस्थित थिए । सहमतिपत्रअनुसार पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ । झन्डा र चुनाव चिह्न पनि रास्वपाकै रहने उल्लेख छ । सभापति रवि…
१४ पुस, काठमाडौं — अहिलेको आधुनिक जीवनमा मोबाइल फोन केवल सञ्चारको साधन मात्र नभई दैनिक रहनसहनको आधारभूत उपकरण बनेको छ । विकसित देशमा मात्र होइन नेपाल जस्तो विकासोन्मुख र अन्य अल्प विकसित देशमा समेत मोबाइल फोनले जनजीवनलाई तीव्र रूपमा परिवर्तन गरेको छ । सहरदेखि गाउँसम्म मोबाइलको पहुँच विस्तार हुँदै जाँदा यसले सूचना, अभिव्यक्ति र हरेक जसो सामाजिक मुद्दाहरुमा आम जनसहभागिताको ढोका खोलेको छ । सन् २०२५ को सेप्टेम्बरमा नेपालले मोबाइल प्रयोगमार्फत् एक प्रकारको सामाजिक र राजनीतिक क्रान्ति अनुभव गर्यो। युवाहरूले मोबाइल फोनलाई केवल मनोरञ्जनको साधन मात्र नबनाई राजनैतिक असन्तुष्टि र विद्रोहको आवाज उठाउने शक्तिशाली माध्यमका रूपमा प्रयोग गरे । सामाजिक…
१४ पुस, काठमाडौं — सक्कली सुन भन्दै नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका ४५ वर्षीय सुकुमान सिंह बस्नेत, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरकै ५३ वर्षीय वीरबहादुर तामाङ भनिने बिवासित स्याङ्तान र नवलपरासी घर भएका ४२ वर्षीय जीतबहादुर तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । ८ पुसमा कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुन भन्दै पहेँलो धातु दिएर ५ लाख ठगी गरकेो भन्ने उजुरी प्रहरीमा आएको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा ५…