Epost Nepal

रूसको दाबीपछि ट्रम्प आक्रोशित, जेलेन्स्कीले आरोप अस्वीकार गरे

१५ पुस, काठमाडौं — रूसद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाईएको छ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासतर्फ आइतबार राति युक्रेनबाट ९१ वटा ड्रोन प्रहार गरिएको थियो। उनले टेलिग्राममार्फत जारी विज्ञप्तिमा उक्त सबै ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति नभएको पनि उनले बताएका छन्।

यस घटनालाई आधार बनाउँदै रूसले शान्ति वार्तासम्बन्धी आफ्नो अडान पुनरावलोकन गर्न सक्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। लाभरोभले युक्रेनले ‘राज्य आतंकवाद’को नीति अपनाएको आरोप लगाउँदै वार्तास्थितिमा पुनः समीक्षा हुन सक्ने बताए पनि अमेरिकासँगको संवाद प्रक्रिया भने निरन्तर रहने स्पष्ट पारेका छन्।

ड्रोन आक्रमणका बेला राष्ट्रपति पुटिन कहाँ थिए भन्ने विषय सार्वजनिक गरिएको छैन। घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चासो व्यक्त गरेका छन्। सोमबार इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै ट्रम्पले उक्त आक्रमणबारे आफूलाई जानकारी प्राप्त भएको बताए।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले पुटिनले आफैं फोन गरेर आक्रमणबारे जानकारी दिएको बताएका छन्। ‘मलाई जानकारी दिने को हो थाहा छ? पुटिन नै हो। उहाँले फोन गरेर आफू आक्रमणमा परेको बताउनुभयो,’ ट्रम्पले पत्रकारहरूसँग भने। उनले यस्तो आक्रमण उचित नभएको प्रतिक्रिया दिँदै यसबाट आफू निकै आक्रोशित भएको पनि बताए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रूसी आरोपलाई अस्वीकार गरेका छन्। उनले शान्ति वार्ता विफल बनाउन र युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिन क्रेमलिनले बहाना बनाएको आरोप लगाए। ‘विश्व अब मौन बस्न हुँदैन। दिगो शान्ति स्थापनाका प्रयासलाई रूसले कमजोर पार्न दिनु हुँदैन,’ उनले भने।

यो घटनाक्रम अमेरिका र युक्रेनबीच फ्लोरिडामा भएको उच्चस्तरीय वार्तापछि सार्वजनिक भएको हो। उक्त भेटमा अमेरिकी राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीच युद्ध अन्त्यका लागि संशोधित शान्ति योजनाबारे छलफल भएको थियो।

वार्तापछि जेलेन्स्कीले सन् २०२६ भित्र युद्ध अन्त्य हुन सक्ने सम्भावना रहेको बताए पनि अमेरिकी सहयोगबिना युक्रेनले युद्ध जित्न नसक्ने स्पष्ट पारेका थिए। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले राष्ट्रपति ट्रम्प रूसविरुद्ध कडा आर्थिक र प्रतिबन्धात्मक कदम चाल्न तयार देखिएको उल्लेख गर्दै यसले शान्ति प्रक्रिया छिटो अघि बढ्न सक्ने बताए।

तर, उनले पुटिनप्रति आफूलाई विश्वास नरहेको र रूस शान्तिप्रति गम्भीर नदेखिएको दोहोर्‍याए। जेलेन्स्कीका अनुसार अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव गरेको छ, जसमा करिब ९५ प्रतिशत सहमति भइसकेको छ।

तर, भू–भागसम्बन्धी विषय, रूसको नियन्त्रणमा रहेको जापोरिज्झिया परमाणु ऊर्जा केन्द्रको भविष्य तथा डोनबास क्षेत्रका मुद्दामा अझै सहमति जुट्न बाँकी रहेको उनले बताए। हाल रूसले दोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र लुहान्स्क क्षेत्रको झन्डै ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ, यी दुवै क्षेत्र मिलेर डोनबास कहलिन्छन्, जसलाई रूस पूर्ण रूपमा नियन्त्रणमा लिन चाहन्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search