८ कात्तिक, काठमाडौं - साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै समूह विजेता बनेको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो । पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे । रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे। त्यस्तै ४६ मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी…
८ कात्तिक, रुपन्देही - रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् । उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै…
८ कात्तिक, कास्की - कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो । यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ । बिहान…
८ कात्तिक, काठमाडौं - नेकपा (एमाले)ले नेपालको सार्वभौम संसद्ले गठन गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको अवस्थामा छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संस्था र व्यक्तिहरूका तर्फबाट आवाञ्छित गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्तिमार्फत कानुनबमोजिम भइरहेको काम र त्यो काममा संलग्न अधिकारीहरूलाई बाधा पार्ने गरी रास्वपा र त्यसका नेताहरूले गैरकानुनी कार्यहरू गरिरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह गरेका हुन् । 'राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जनाभन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसद्को सदस्य उपस्थित…
७ कात्तिक, काठमाडौं - सूर्यदर्शन बचत तथा ऋण सहकारी कास्कीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् । अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।'पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगीपीडीत बचतकर्तालाई भड्काउने गरेको कामप्रति…
७ कात्तिक, काठमाडौं - प्रतिपक्ष दलहरूले कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार भेटेर कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर सहितका नेताहरुले सरकारले दल फुटाउने अध्यादेश ल्याउने तयारी…
७ कात्तिक, काठमाडौं - नेपाली कांग्रेसले सहकारी ठगी र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गरिरहेको प्रदर्शनको विरोध गरेको छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाका गतिविधिको आलोचना गरेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि सिफारिस गरेकामाथि सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । 'आरोपितमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ…
७ कात्तिक, काठमाडौं - सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए । 'पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ,' ओलीले भने, 'अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये…
५ कात्तिक, कपिलवस्तु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए । ‘आफ्नो बाहेकको अस्तित्व नदेख्नेले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर गएको संसारको इतिहास छ,’ उनले भने, ‘संसारलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो ।’ विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर पार्टी अघि बढ्ने उनले बताए । तर, एकता भने नगर्ने उनले सुनाए । माओवादी र एमालेमा आफूहरू जान…
५ कात्तिक, हुम्ला - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा सोमबारदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, 'देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।' उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्नेसमेत दाबी गरेका थिए । उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए । विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ थियो ।…