Epost Nepal

Breaking News 3

२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२५ चैत्र, काठमाडौं - सरकारले २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्हवान गरेको हो । जसअनुसार ८ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि कार्यालयले आइतबार (चैत २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार (चैत २७ मा) ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । पछिल्लो पटकको बोलकबोलमा ३.०१ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा…
Read More
गण्डकीको मुख्यमन्त्री नियुक्तिको बिषय  अदालत जाने संकेत

गण्डकीको मुख्यमन्त्री नियुक्तिको बिषय अदालत जाने संकेत

२५ चैत्र, गण्डकी - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्री पदमा नियुक्त गर्दै अपराह्न शपथ गराएका हुन्। गण्डकी सरकारमा नेकपा (माओवादी केन्द्र) बाट संसदीय दल नेता हरिबहादुर चुमान र नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका राजीव गुरूङ (दीपक मनाङ्गे) पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्। अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई जोडेर सरकार बनाउन आवश्यक बहुमत अर्थात ३१ जनाको समर्थन छ भन्दै आइतबार मुख्यमन्त्री दाबी गरेका थिए। अधिकारीको दाबी कानुनी परीक्षणसमेत नगरी प्रदेश प्रमुख भट्टले तुरून्त मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दिएको समय चैत २७…
Read More
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

२५ चैत्र, लुम्बिनी - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । साथै मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्। शपथ लिनेहरुमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्। उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।
Read More
नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हो : गगन थापा

नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हो : गगन थापा

२४ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हुने र त्यसबाट कसैले पनि छुट नपाउने बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ‘भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ,’। त्यस्तै महामन्त्री थापाले जतिसुकै शक्तिशालीले र जतिसुकै कमजोरले गरेको भएपनि ठगी ठगी नै हुने र त्यसबाट कसैले छुट नपाउनु नहुने बताए। ‘सर्वसाधारणले गरेको कुनै काम ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो । यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते हुन्छ…
Read More
त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

चैत्र २३, काठमाडौं - त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। उनीहरूले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रजिष्ट्रार र रेक्टर नियुक्तिमा अस्वाभाविक ढिलाइ भएको भन्दै योग्यताका आधारमा त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न आग्रह गरेका हुन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले निकालेको विज्ञप्तिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उल्लेख गरिएको छ। ‘लामो समय  बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता पदाधिकारीको नियुक्तिमा अस्वाभाविक ढिलाइ भइरहेको छ,’ उनीहरूले भनेका छन्, ‘नियुक्तिमा ढिलो भएको कारणबारे  सम्बन्धित मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन छन्। त्यसबाट  त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यमा पर्नसक्ने वा परिरहेका  समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु…
Read More
मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ  गर्नुपर्ने

मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ गर्नुपर्ने

चैत्र २२, काठमाडौं - सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका हुन् । 'मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,' प्रधानमन्त्रीले भने, 'यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।' पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको…
Read More
गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय

चैत्र २१, काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार एक साताको समय दिएका छन्। प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अहिलेकै प्रदेश मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारीसमेत दिएको उल्लेख छ। बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
Read More
पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

१८ चैत्र, काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा लिटरको ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आइतबार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएकोले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।
Read More
तीन नेता दाहल, देउवा र ओलीबीच भेटबार्ता

तीन नेता दाहल, देउवा र ओलीबीच भेटबार्ता

१८ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा संसद्‌, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नतालाई लिएर संसद्‌ अवरुद्ध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषद् बैठक पनि आइतबार बिहानै डाकिएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ । यी विषयहरुमा…
Read More
विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको छ :  प्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

१७ चैत्र, काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए । संचार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिने योजना रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । 'सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,' प्रधानमन्त्रीले भने, 'आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।'…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search