Epost Nepal

त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

चैत्र २३, काठमाडौं – त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्।

उनीहरूले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रजिष्ट्रार र रेक्टर नियुक्तिमा अस्वाभाविक ढिलाइ भएको भन्दै योग्यताका आधारमा त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न आग्रह गरेका हुन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले निकालेको विज्ञप्तिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उल्लेख गरिएको छ।

‘लामो समय  बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता पदाधिकारीको नियुक्तिमा अस्वाभाविक ढिलाइ भइरहेको छ,’ उनीहरूले भनेका छन्, ‘नियुक्तिमा ढिलो भएको कारणबारे  सम्बन्धित मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन छन्। त्यसबाट  त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यमा पर्नसक्ने वा परिरहेका  समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु पर्ने हो।’

उनीहरूले पदाधिकारीहरूको नियुक्तिमा ढिलो हुनु भनेको विश्वविद्यालयको  नियमित काममा जानी नजानी अवरोध ल्याउनु हो भनेका छन्।

उपकुलपतिले एक साताअघि नै रजिष्ट्रार र रेक्टरका लागि नाम सिफारिस गरे पनि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियुक्ति प्रक्रिया अघि बढाएका छैनन्। त्रिवि ऐनअनुसार उपकुलपतिको सिफारिसमा कुलपतिले रजिष्ट्रार र रेक्टर नियुक्ति गर्ने व्यवस्था छ। प्रधानमन्त्रीले राजनीतिक भागबन्डाका आधारमा त्रिवि पदाधिकारी नियुक्त गर्न खोजेको भन्दै आलोचना पनि भइरहेको छ।

रजिष्ट्रारमा त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक केदार रिजाल र रेक्टरमा अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक खड्ग केसीको नाम सिफारिस भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search