Epost Nepal

Breaking News 2

मतदान नगर्ने तथा बहिष्कार गर्ने जनप्रतिनिधिको भूमिकाप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

मतदान नगर्ने तथा बहिष्कार गर्ने जनप्रतिनिधिको भूमिकाप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

१४ माघ, काठमाण्डौं - प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान नगर्ने जनप्रतिनिधिप्रति आपत्ति जनाएका हुन् । 'जनप्रतिनिधिहरुले निर्वाचनमा भाग नलिने र मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति छ,' थपलियाको भनाइ थियो । थपलियाले स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिहरु स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरुले आचारसंहिता…
Read More
यू-१९ विश्वकप: अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा

यू-१९ विश्वकप: अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा

१२ माघ, काठमाण्डौं - अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्यो भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई एक सय ४५ रनमै अलआउट गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन…
Read More
मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो जनमत पार्टीले

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो जनमत पार्टीले

९ माघ, जनकपुर - मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाउँदै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो । मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search