७ असार, काठमाडौं - भन्सार विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको विभागले जनाएको छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ । भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट…
६ असार, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानहरूलाई भुक्तानी दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ‘गएको फागुन १९ गते यो देशमा दुइटा सम्झौता हुँदै थियो। एउटा सम्झौता नयाँ गठबन्धनका लागि अर्को दूग्ध किसानको माग पूरा गर्न,’ उनले भने, ‘पहिलो सम्झौताचाहिँ पूरा भयो, दोस्रो सम्झौता पूरा नभएकोले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ ६ लाखभन्दा बढी किसानले दूधको भुक्तानी नपाएको उनले बताए । किसानहरू भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेको उनले उल्लेख गरे । ‘६ लाखभन्दा बढी किसानले ७ महिनादेखि पाँच अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘दूग्ध किसानका मागलाई गम्भीरतापूर्वक…
५ असार, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राजीनामापत्र लेखेर निरुत्साहित हुनेभन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुदमन्त्रीलाई सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सचिव पौडेलले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् । उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयलाई थोरै भएको बताए । उनले थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने बताए । पौडेलले खेलकुदमन्त्री आफैँ युवा भएकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बजेट थप…
४ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) हुर्याउने मन छ तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर…
२ असार, काठमाडौं - निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ हुनेछ । त्यसपछि मात्रै उनको नियुक्ति हुनेछ । नियुक्तिपछि प्रमुख निर्वाचन आयुक्तबाट आयुक्तले पद तथा गोपनियताको शपथ लिने व्यवस्था छ ।
१ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् । शनिवार कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका हुन् । थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए । उनले भने, ‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको…
३२ जेठ, जनकपुर - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई कमजोर पारेर मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे । 'कांग्रेस जटिल मोडमा पुगेको छ । राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम छ भनेर सबैले बुझेका छन्,' उनले भने, 'लोकतन्त्र बचाउनका लागि भएपनि अब फेरि एकपटक बलियो कांग्रेस निर्माण गर्नुपर्ने बेला भएको छ ।' नेता कोइरालाले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै घर छाडेका दाजुभाइहरुलाई घर फर्किएर सेवा…
३२ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठुल्ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको दाबी गरे । ‘तीन ठूला सबस्टेसन नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’…
३२ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दिनबितिसक्दा पनि कुनै जानकारी नदिएको भन्दै प्रश्न गरे । उनले यही बीचमा राष्ट्रपति समेत विदेश भ्रमणमा रहेक कुरा आफूहरुले पत्रिका पढेर मात्र थाहा पाएको उल्लेख गर्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको बताए । आगामी बैठकमा दुवै भ्रमणमबारे जानकारी गराउनका लागि प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गरे । 'प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस…
३० जेठ, जनकपुर - जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुनः निर्विरोध अध्यक्ष बनेका हुन् । जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको तीन दिने प्रथम एकता महाधिवेशनअन्तर्गत आज अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । १८ वर्ष अगाडि यादवकै नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएर पटक-पटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादवले नै नेतृत्व गरिरहेका छन्।