Epost Nepal

Breaking News 2

आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

१५ जेठ, काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । प्रस्तुत बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास समेत व्यक्त गरे । बजेटमा प्रस्ताव गरिएको राजश्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजश्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा पनि आफूले गरेको अर्थमन्त्री पुनको भनाइ थियो । अर्थमन्त्री…
Read More
इतिहासको रथ पछाडि कहिल्यै फर्किएको छैन र नेपालमा पनि त्यस्तो हुन दिइने छैन: प्रधानमन्त्री पुष्पकमल दाहाल

इतिहासको रथ पछाडि कहिल्यै फर्किएको छैन र नेपालमा पनि त्यस्तो हुन दिइने छैन: प्रधानमन्त्री पुष्पकमल दाहाल

१५ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्। गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामूहिक प्रयास तथा सहकार्यबाट राजनीतिक व्यवस्था परिवर्तन गर्न सकिएको र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताए। ‘गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै। यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्तिहरू एक ठाउँमा…
Read More
एमालेलाई गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई छ : विश्वप्रकाश शर्मा

एमालेलाई गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई छ : विश्वप्रकाश शर्मा

१४ जेठ, काठमाडौं  - सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा उभिएका नेपाली कांग्रेस र नेकपा एमाले अब एक अर्काको विरोधमा उत्रिएका छन् । यी दुई दलबीच सहकारीको बचत अपचलनमा प्रस्ट दुईधार छ । एमाले प्रस्ट रवि बचाउमा उत्रिएको छ । कांग्रेस रविलाई जुनसुकै हालतमा कमजोर बनाउने लाइनमा छ । यही लाइनका बीच केही समयअघि संसदीय दलको बैठक लाइभ गरेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए । त्यसको भोलिपल्ट सदनमा मुठभेडनै भयो । त्यसयता सदन सौहार्द वातावरणमा चल्न सकेको छैन । वाकयुद्ध नेताहरूबीच पेचिलो बनेको छ । यसैबीच…
Read More
महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?: कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?: कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

१३ जेठ, काठमाडौं -  प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । सरकारविरुद्ध आइतबार कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै शर्माले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप छ । ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भरतपुरका रवि लामिछानेलाई समय लाग्छ ।’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर…
Read More
सहकारी पीडितले सुरुगरे रिले अनशन

सहकारी पीडितले सुरुगरे रिले अनशन

१२ जेठ, काठमाडौं - सरकारले यसअघि बचत फिर्ताका लागि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले रिले अनशन सुरु गरेका छन् । शुक्रबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको पीडितले बताए । काठमाडौं उपत्यकासहित चितवनबाट पनि सहकारी पीडितले आन्दोलन थालेको जनाएका छन् । आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकको दाबी छ । माइतीघर मण्डलबाट सुरु भएको पीडितहरूको आन्दोलन र्‍यालीपछि कोणसभा गरी रिले अनशनमा परिणत भएको थियो । सहकारी पीडितको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने महासंघका अध्यक्ष कुशलव केसीले जानकारी दिए ।
Read More
भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री पुष्पकमल दाहाल

भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस्: प्रधानमन्त्री पुष्पकमल दाहाल

१० जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६८ औं बुद्ध जयन्तीको अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा,…
Read More
सिरोहियाको पक्राउबारे देउवाले भने: प्रतिशोधपूर्ण ढंगबाट पक्राउ

सिरोहियाको पक्राउबारे देउवाले भने: प्रतिशोधपूर्ण ढंगबाट पक्राउ

८ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको बताएका छन् । आफ्नो ट्विटरमार्फत देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै यसलाई सरकारको अलोकतान्त्रिक कदम भनेका छन् । उनले लेखेका छन्, 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।' धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
गृहमन्त्री रवि लामिछानेलाई गगनकुमार थापाको आग्रह धम्क्याउने होइन, फाइल खोल्नतिर लाग्नुस् 

गृहमन्त्री रवि लामिछानेलाई गगनकुमार थापाको आग्रह धम्क्याउने होइन, फाइल खोल्नतिर लाग्नुस् 

६ जेठ, काठमाडौं  - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन् । थापाले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरु रोकिएको बताए । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतबार बेलुकी पत्रकार सम्मेलन गर्दै थापाले गृहमन्त्री लामिछानेले संसद्‌मा टेलिभिजन प्रस्तोताको जस्तो गरी आक्रोश पोखेको र तिमीहरु सबैले हिजोदेखि चोर्‍यौँ, अहिले मैले पनि चोर्न पाउनुपर्छ भन्ने ढंगले प्रस्तुत भएको बताए । 'यो संसदीय छानबिन समिति सहकारीको रकम अपचलन भएको कारणमात्रै…
Read More
सहकारी ठगी प्रकरण: सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबिच संसदीय समिति बनाउने सहमति

सहकारी ठगी प्रकरण: सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबिच संसदीय समिति बनाउने सहमति

५ जेठ, काठमाडौं - सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति जुटेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । उनले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए । ‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने

४ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search