Epost Nepal

एमालेलाई गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई छ : विश्वप्रकाश शर्मा

१४ जेठ, काठमाडौं  – सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा उभिएका नेपाली कांग्रेस र नेकपा एमाले अब एक अर्काको विरोधमा उत्रिएका छन् ।

यी दुई दलबीच सहकारीको बचत अपचलनमा प्रस्ट दुईधार छ । एमाले प्रस्ट रवि बचाउमा उत्रिएको छ । कांग्रेस रविलाई जुनसुकै हालतमा कमजोर बनाउने लाइनमा छ ।

यही लाइनका बीच केही समयअघि संसदीय दलको बैठक लाइभ गरेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए । त्यसको भोलिपल्ट सदनमा मुठभेडनै भयो । त्यसयता सदन सौहार्द वातावरणमा चल्न सकेको छैन । वाकयुद्ध नेताहरूबीच पेचिलो बनेको छ ।

यसैबीच आइतबार कांग्रेसले गरेको सडक प्रदर्शन र महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिलाई लिएर एमाले आक्रोशित छ । एमालेले यी अभिव्यक्तिलाई कांग्रेसले फिर्ता नलिए, लिखित र सार्वजनिक रूपमा माफी नमागे कडा प्रतिवादमा उत्रने चेतावनी दिइसकेको छ ।

यता, कांग्रेसले वादविवादको शृङ्खला एमालेले सुरू गरेको भन्दै प्रतिवादमा उत्रनु केपी शर्मा ओलीलाई सोध्नुपर्ने हो भन्ने जवाफ दिएको छ ।  उसले नेपालमा संविधान छ र त्यो संविधानले वाद प्रतिवादको अधिकार दिएको छ भन्दै नेपाललाई उत्तर कोरिया बनाउन नखोजे हुने चेतावनी दिइरहेको छ ।

सोमबार बिहान बालुवाटारमा शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष ओलीमाथी टार्गेट गरेको आरोप लगाएका थिए ।

उनले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेसले प्रायोजित पूर्वाग्रही तथ्यहीन गलत भ्रामक र आधारहीन लान्छना लगाएको भन्दै आक्रोश पोखे ।  “यसप्रकारको आधारहीन यसबाट पछि हट्न अनुरोध गर्न चाहन्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौं,” उनले भने ।

कांग्रेस सहमतिमा पुग्न भन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप उनको थियो । साथै उनले आफ्नो अध्यक्षमाथि लगाएको आरोपमा लिखित र सार्वजनिक रूपमा माफी माग्न कांग्रेसलाई अनुरोध गरे । कांग्रेसले यसो नगरे सबै राजनीतिक सम्बन्ध तोडिन सक्ने चेतावनी उनको थियो ।

“लिखित रुप्मा क्षमा याचना गर्नुपर्छ सार्वजनिक माफी माग्नुपर्छ । अन्यथा कांग्रेससाग सम्बन्ध ठिक ढंगबाट सम्बन्ध अघि बढ्दैन । बुझोस् यस प्रकारको अराजनितिक आरोपलाई सुनेर एमाले बस्दैन,” उनले भने ।

नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष ओलीको इसारामा अहिलेको सबै खेल भइरहेको भन्ने सार्वजनिक टिप्पणी गर्दै आएको छ ।

कांग्रेसबाट बोल्ने अधिंकास नेताहरूले ओलीकै डिजाइनमा यो सबै भइरहेको आरोप लगाउने गरेका छन् । साथै, संसद् पनि ओलीको डिजाइनमा सभामुखले पेलेर चलाइरहेको कांग्रेसको आरोप छ ।

पौडेलेको अभिव्यक्तिको केही घण्टा पश्चातनै कांग्रेसले प्रतिवाद गर्‍यो । महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरे ।  बूढानीलकण्ठमा बसेको पार्टी बैठकबाट निश्कने क्रममा उनले नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधानले वाद प्रतिवादको अधिकार दिएको बताए ।

उनले ‘विष्णु पौडेल भनेको उता बुटवलतिरको पार्टीको केन्द्रीय उपसभापति.. ? उहाँ एक जिममेवार राजनीतिज्ञ हुनुहुन्छ र उहाँले त्यसो भन्नुभएजस्तो लाग्दैन’ भन्दै घुमाउरो जवाफ दिए ।

गिरीबन्धु जग्गा प्रकरणमा अदालतको पूर्णपाठ आउँदा कांग्रेसले प्रतिकृया नदिएको तर उग्र रूप धारणा गर्दै ओलीले प्रतिकृया दिएको भनाई उनको थियो ।  “उहाँले कांग्रेस पार्टीले ५१ बिघा बेचेर खायो भन्नुभयो । सँगै बसेर संविधान बनाएको हो नि । उहाँले आरोप लगाउन छुट दिने प्रतिवाद गर्न कांग्रेसले उहाँलाई सोध्नुपर्दैन,” उनले भने ।

महामन्त्री शर्माले गिरीबन्धु प्रकरणमा ५२, ६० र ७८ सालको सरकारमा कांग्रेस नभएको भन्दै थपे, “कांग्रेसको तर्फबाट महामन्त्री विश्वप्रकाशले बोल्यो होला सहकारी बन्धु र गठबन्धन भनेर । उहाँले बोल्दा कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर कमिसन खायो भनेको होइन ? त्यो भनेपछि हामीले तथ्य राख्नुपर्‍यो नि ।”

ओलीले रुद्ररुप धारणा गर्ने हो भने आफूहरूले मौनरुप धारण गर्नुपर्ने आवश्यकता नभएको भनाइ उनको थियो ।

“लिखित क्षमा याचना भन्नुभयो रे । मैले हेर्न पाएको छैन । तर, भनेको हो भने संविधान सँगै बसेर लेखेको हो । उहाँले गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई छ । यो उत्तरकोरिया हैन यो नेपाल हो , दिस इज नेपाल ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search