कात्तिक २१,जाजरकोट । जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूमध्ये २२ जना पत्रकारको धेरै क्षति भएको छ । ५ जनाको सञ्चार सामग्री अझै निकाल्न सकिएको छैन । भवन भत्किएर ल्यापटप, क्यामरालगायतका सामग्री पूर्णरुपमा क्षति भएको नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव भरत शर्माले जानकारी दिनुभयो । यस्तै जिल्लामा सञ्चालनमा रहेका ४ वटा सामुदायिक रेडियो पनि प्रभावित भएका छन् । रेडियो हाम्रो पाइलाले भवन बाहिर खुल्ला अकासबाटै नियमित तथा अतिरिक्त समय प्रशारणसमेत गर्दै आएको छ । जिल्लामा सञ्चालन भएका अनलाइन मिडिया हाउसमा पनि पूर्णरुपमा क्षति पुगेको छ । जिल्लाका ३ जना पत्रकारलाई पुिरएको अवस्थामा स्थानीयवासीले सकुशल उद्धार…
कात्तिक २१, काठमाडौँ । १२ बुँदे समझदारीका पक्षधर दलहरुले गणतन्त्रप्रति प्रतिबद्ध रहनुपर्ने अठोट व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सर्वदलीय बैठकमा उनले देशमा अराजकता फैलन सक्ने खतरा देखिएको भन्दै अब गणतन्त्रका पक्षधरहरु एकढिका हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको भनाइमा अन्य दलका प्रतिनिधिले सहमति जनाउँदै गणतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीले विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको, जसलाई जे मन लाग्छ, त्यही भन्न थालेको बताएका थिए । आफूहरुले संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएको तर केही साना फोर्सले समाज बिगार्ने काम गरिरहेको भन्दै अब गणतन्त्रको…
कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिन संघीय सरकारलाई दिन सुझाब दिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो । तर राहत, उद्धार र पुर्नस्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो । राहत र उद्धार कार्यक्रममा सहयोग गर्न पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र संघ, संस्थाहरुलाई अपिल गर्न पनि सरकारलाई सचेत पनि गराइएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । प्रभावित…
कात्तिक २१, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ । काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा गरेको छ । यस्तै राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै…
काठमाडौं, २१ कात्तिक । १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् । आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने…
कात्तिक २१, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प, राहत वितरण तथा पुननिर्माणको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनितिक दलहरुसँग छलफल गर्ने भएका छन् । यसका लागि मंगलबार दिउँसोको लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । गत शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी…
कात्तिक २०, काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीको युद्धमा प्यालेस्टाइन तर्फका १० हजार बढिको मृत्यु भएको छ । एक महिनायता जारी प्यालेस्टाइन र इजरायलबीचको युद्ध अझै रोकिएको छैन । घना युद्ध भएको ३१ दिनमा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले आफ्नो देशको तर्फबाट मृत्यु हुने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ । इजरायली बमबारीले घेराबन्दीमा परेको इलाकामा तीव्रता बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क आएको हो । गाजापट्टीमा ३१ दिनको इजरायली आक्रमणमा १० हजार भन्दा बढी मानिसहरू मारिएका छन्, प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार घेरामा परेको एन्क्लेभमा युद्धविरामको कुनै संकेत छैन । सोमबार एक विज्ञप्तिमा, गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या कम्तिमा १० हजार २२ जना …
कात्तिक २०, काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ मा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने पनि समितिले जनाएको छ । तर साइत नै खोज्नेका लागि भने १०ः५१ उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन । सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ । यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको…
कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् । विमोचन कार्यक्रममा कसले के भने ? डा.चूडा ढकाल(लेखक) आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्याउन धेरै सङ्घर्ष गर्नुपर्यो । ४४…