Epost Nepal

समाचार

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो। घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका…
Read More
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

महोत्तरी, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको छ । जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको हो । बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै ५२ सदस्यीय बनेको हो।   केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।
Read More
तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको टोपबहादुर मगर रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ३६ जना घाइते भएका छन्। उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, दमौली अस्पताल र तनहुँको…
Read More
यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् । यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ…
Read More
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

१३ मंसिर,काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ । निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा…
Read More
११ माघमा राष्ट्रिय सभाको निर्वाचन

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ ।
Read More
काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न नपाइने

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न नपाइने

१२ मङ्सिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ। सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने छ। काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको…
Read More
कांग्रेस पदाधिकारी बैठक बुधबारका लागि आह्वान

कांग्रेस पदाधिकारी बैठक बुधबारका लागि आह्वान

१२ मङ्सिर, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाएको हो। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ। कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।
Read More
प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

१२ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स यूएई प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन कोप–२८ को सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् । यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् । योपटक जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र त्यसको…
Read More
कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम

कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम

१२ मङ्सिर,  गाजा । कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ । सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरुबीच थप दुई दिन युद्बबिराम लम्बाउने सहमति भएको जानकारी दिएका छन । ‘कतार राज्य यो घोषणा गर्दछ कि हाल चलिरहेको युद्दको मध्यस्थताको एक भागको रूपमा गाजा पट्टीमा मानवीय युद्धविराम थप दुई दिनको लागी लम्ब्याउन एक सम्झौता भएको छ,’ प्रवक्ता माजिद अल अन्सारी ट्विटरमा पोस्ट गर्दै भनेका छन । जसको मतलब कम्तिमा पनि १० इजरायली बन्धकहरूलाई मंगलबार र अर्को १० लाई बुधबार रिहा गरिनेछ। यससँगै इजरायलले हरेक दिन ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने टाइम्स अफ इजरायलले उल्लेख…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search