३ असोज, काठमाडौं - राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए । 'पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन सक्दैनन् । विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुनेछ,' अध्यक्ष दाहालले भनेका छन् । संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको…
२ असोज, काठमाडौं - सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । समितिका संयोजक सूर्य थापाले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गरेका थिए । नागरिकको बचत सहकारीहरूले हिनामिना गरेको भन्दै लामो समयदेखि संसद् अवरुद्ध भएपछि २०८१ जेठ १५ गते संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । भदौ २२ गतेसम्म समितिलाई प्रतिवेदन बुझाउने समयसीमा तोकिए पनि प्रतिवेदन लेखन नसकिएपछि थप १५ दिन समय थपिएको थियो । समितिले ६ दिन अगाडि नै अन्तिम प्रतिवेदन संसदमा पेस गरेको हो ।…
२ असोज, काठमाडौं - गठबन्धनको वर्तमान सरकारले 'सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता' पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलहरूको प्रतिबद्धताबमोजिम कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरिएको जानकारी दिए । 'कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको छ,' उनले भने । साझा संकल्प तयार गर्न कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशसरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु…
२ असोज, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाइसकेपछि महामन्त्री थापाले यस्तो जानकारी दिए । उनले प्रधानमन्त्रीलाई मस्यौदा बुझाइएको र मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुने बताए । उनले सरकार बनाउँदा कांग्रेस र एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको बताए । 'यो साझा कार्यक्रम नभइ दुई वटा राजनीतिक दलहरुको साझा संकल्प र नीतिगत प्रतिबद्धता हो,' उनले भने, 'छिमेकी देशहरुसँगको सम्बन्ध, आफ्ना-आफ्ना पार्टीका…
२ असोज, मोरङ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा ६६, विपक्षमा १५ मत परेको छ । मतदानमा ८३ सांसदले भाग लिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य…
२ असोज, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको 'एक महिने विशेष अभियान'को शुभारम्भ गर्दै सभापति देउवाले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको बताए । उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए । ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ ।…
१ असोज, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उनले हाल देखिएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताएका हुन् । देउवाले सबै जातजातीलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशीताको सान्दर्भिकता रहेको भन्दै यस व्यवस्थालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 'कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको…
१ असोज, कपिलवस्तु - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दुई विपरीत धुब्रमा रहेका कांग्रेस एमाले पार्टीले संविधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन् । जनमत पार्टी कपिलवस्तुले तौलिहवामा राखेको प्रशिक्षण तथा दसैँ तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले दुई विपरीत दिशामा रहेको पार्टीले सरकार बनाएको भने पनि ती दुई पार्टीले प्रदेश र स्थानीय तहको अधिकार समेत कटौती गरी सिंहदरबारमा लैजान खोजेको बताए । ‘संविधान संशोधन गर्ने नाममा दुई ठुला पाटीले सरकार बनाउने कारण स्थानीय तहको अधिकार खोस्न र प्रदेश खारेज गर्न हो’ उनले भने । स्थानीय तह र प्रदेश सरकारलाई…
१ असोज, काठमाडौं - नेकपा (एमाले)का महासचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गुरुङले जिल्ला समन्वय समितिको काम नभएको टिप्पणी गरेका हुन् । “जिल्ला समन्वय समिति खारेजको एक नम्बरमा पर्नुपर्छ, एक प्रतिशत पनि काम छैन । किन ल्याएको हो ? कसरी ल्याएको हो ? थाहा छैन,” उनले भने । उनले प्रदेश सरकार कमजोर बनाउन स्थानीय सरकारको अवधारणा सुरु भएको दाबीसमेत गरे । “मधेससँग हामी आतंकित थियौँ, कहीँ यसले देश टुक्र्याउने हो कि भनेर । प्रदेशलाई बलियो बनायो भने त दुई–तीनवटा प्रदेश मर्ज भएर काठमाडौंलाई चुनौती दियो भने त के गर्ने…
३१ भदौ, काठमाडौं - सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरिएको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्मा पठाएको थियो । परिषद्ले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम सिफारिस गरी पठाएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेर हदका कारण अवकाश…