२१ असार, काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।
२१ असार, काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो । केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । बन्दसत्रमा पेस भएका ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । टुंगो लागेका केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २ सय ९९ सदस्यीय केन्द्रीय…
२१ असार, काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले भने, ‘मैले त आठ, नौ महिना पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौँथो हुन थालिसक्यो अब त । नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनायो । उहाँहरुको…
२० असार, काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वमा पुन: माधव नेपालले निरन्तरता पाएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसैगरी झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिवका रूपमा सर्वसम्मत निरन्तरता पाएका छन् । अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हाे। महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेकाे हाे। अन्य पदाधिकारी चयनका लागि शुक्रबार बिहान १० बजेसम्मकाे समय माग भएकाे बताइएकाे छ।
२० असार, काठमाडौं - नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन ध्यानाकर्षण गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर हुने काम नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, 'संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।…
२० असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरता नै रहेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताए । ‘प्रधानमन्त्री दाहालको यति धेरै अस्थिर चरित्र र व्यवहार नभएको भए एमाले माओवादी गठबन्धनको सरकार बनेको तीन चार महिना नहुँदै नयाँ गठबन्धन बन्दैन थियो,’ थापाले भने ‘एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो ।’ महामन्त्री थापाले अगाडि भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग…
२० असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । महामन्त्री ढकालले भने बैठकका छलफल पारदर्शी हुनुपर्ने बताउँदै प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग उठाएका थिए । उनले विरोधस्वरूप बुधबारको बैठकमा मुखमा कालो टेप टाँसेकासमेत थिए । बैठकमा आफ्नो स्पष्टीकरणसहित प्रस्तावहरू राख्न नदिइएपछि सञ्चारमाध्यममार्फत उनले सार्वजनिक गरेका थिए ।
१९ असार, काठमाडौं -नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन् । बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका हुन् । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए । लगत्तै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका…
१९ असार, काठमाडौं - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको सत्ता समीकरण सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ । बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए । सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग…
१९ असार, काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । यसैगरी बर्तौलाले एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको जानकारी दिए । हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’ नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो…