Epost Nepal

नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था छैन : शेखर कोइराला

२१ असार, काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए ।

उनले भने, ‘मैले त आठ, नौ महिना पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौँथो हुन थालिसक्यो अब त । नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनायो । उहाँहरुको बीचमा के मिलेन, फेरि कांग्रेससँग आयो । त्यसपछि फेरि कांग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो । यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो । म बोल्दै आएको थिएँ । त्यसकारण हामीले संविधानमा न्यूनतम के-के सुधार गर्न सक्छौँ ? किनभने संविधानको डकुमेण्ट ठूलो छ । त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला । ती धेरै कुरामा छेडखानी गर्न थाल्यौँ भने संविधान सुधार हुँदैन । कम्तिमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ भन्ने लाग्छ ।’

नेता कोइरालाले संविधान संशोधन गर्दा समानुपातिक प्रणाली हटाउनुपर्ने र त्यो हटाउँदा संविधानको मर्मलाई मर्न दिनु नहुने बताए । ‘समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन । त्यसैले मैले महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गरौँ । महिलाको बीचमा प्रतिष्पर्धा गरौँ । दलितको बीचमा प्रतिष्पर्धा गरौँ । यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ,’ उनले भने, ‘सबै साथीहरुसँग कुरा गर्दा यो कुरा सकारात्मकरुपले अघि बढेको छ । तर अहिले नै खुसी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा नदिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search