२ बैशाख, काठमाडौं - सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आइतबार सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै सांसद गिरीको पद तत्कालका लागि पुनर्बहाली भएको छ । 'औचित्यपूर्ण कारण र आधारबिना निवेदिकालाई सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने गरी सूचना प्रकाशित गरेको देखिएको र सो काम कारबाहीबाट निवेदिकालाई जनताको प्रतिनिधित्व गर्ने कार्यमा समेत असर पुग्न जाने देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रदेशसभा सदस्यबाट फिर्ता बोलाउने गरी सूचना प्रकाशित…
२ बैशाख, काठमाडौं - भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमि–८ बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले परम्परा अनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । श्रेष्ठले दोस्रोपल्ट जिब्रो छेडाएका हुन् । बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । यसअघि उनका बाबु बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् । सुजनले यसपटक पनि जिब्रो छेडाएर परम्परालाई निरन्तरता दिएका हुन् । दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । सुजनका बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका थिए । जिब्रो छेड्ने जात्राको परम्परामा बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने मानिन्छ ।…
२ बैशाख, काठमाडौं - सरकारले पाँच जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन सचिव सुमनराज अर्याललाई भने युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ । तथ्यांक कार्यालयका तत्कालीन सचिव तोयम रायलाई सरकारले केही साताअघि महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको…
२ बैशाख , काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय छानबिन गरी बाहिर ल्याउन माग गर्दा सरकारले संसद नै बन्द गरेको बताएका छन्। आइतबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा सदनमा राख्दै आएको बताए। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न विगत एक महिनादेखि माग गर्दै आएको थियो। कांग्रेसले संसदीय समिति गठनको अडान राखेपछि प्रतिनिधि सभा बैठक अवरोधसमेत भएको थियो । सरकारले गत शुक्रबार संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि कांग्रेसले जनताका सवालबाट…