१८ बैशाख, काठमाडौं - इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर भने निकटतम प्रतिद्वन्द्वी खड्काले २१ हजार ९ सय ४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ ।
१७ बैशाख, काठमाडौं - उद्योग विभागले चारवटा परियोजनाको लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत गरेको छ। भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि छ अर्ब, काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि तीन अर्ब लगानी स्वीकृत गरिएको विभागले जानकारी गराएको छ। त्यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सात करोड ६६ लाख स्वीकृत गरिएको छ। ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ। यस्तै विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृत हुने प्रणालीको उद्घाटन गरेको…
१७ बैशाख, काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको बताएका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले जसले जे भने पनि आफूहरूका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ, म भन्न चाहन्छु,' अध्यक्ष नेपालले भने, 'परिस्थितिलाई हामीले आफ्नो…
१७ बैशाख, धनगढी - बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका छन् । सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।
१६ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गर्दै उनले गत वर्ष जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार निश्चित गरेको बताए । “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरूप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चितताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” उनले भने, “नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार…
१६ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । 'मलाई विश्वास छ, यसले…
१६ बैशाख, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री देउवाले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका उनले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे । 'नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ ।…
१६ बैशाख, काठमाडौं - लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज आइतबार सुरु हुँदै छ । सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने र स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी रहेको नेपाल लगानी बोर्डले जनाएको छ । दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजनाहरु रहेका छन् । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८औं बैठकले मंगलबार तेस्रो…
१५ बैशाख, काठमाडौं - सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप…
१५ बैशाख, काठमाडौं - सरकारले लगानी सहज बनाउन भन्दै अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ । संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन…