Skip to main content

Epost Nepal

इलाम क्षेत्र नम्बर २ मा नेम्वाङ विजयी

१८ बैशाख, काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर भने निकटतम प्रतिद्वन्द्वी खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।

उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *