११ जेठ, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई बोलाएर छलफल गरेका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग सदनको गतिरोधबारे चिन्ता प्रकट गरेका छन् । ‘राष्ट्रपतिज्यूले प्रधानमन्त्रीज्यूलाई शितल निवासमा बोलाएर कुराकानी गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘सदनमा जारी गतिरोध अन्त्य गर्न पहल गर्नुहोस् भन्ने कुरा राष्ट्रपतिज्यूको थियो।’ जबाफमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए। ‘हामी समस्या समाधानका पक्षमा छौं, सदनमा जारी गतिरोध अन्त्यका लागि पहल भइरहेको छ,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।
१० जेठ, काठमाडौं - सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल सहकारीको रकम हिनामिना भएको विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा सहमति गर्न बिहीबार पनि असफल भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको ‘टीओआर’मा रवि लामिछानेको नाम अनिवार्य रूपमा राख्नुपर्ने अडान लिएको छ । कांग्रेसले गृहमन्त्री भएपछि आफ्नो व्यक्तिगत अनुसन्धान रोकेकाले रवि लामिछानेको नाम तोक्न अनिवार्य भएको बताएको हो । संसदीय छानबिन समितिको टीओआर निर्माण कार्यदलमा सदस्य रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको बताए । “विगतका संसदीय छानबिन समितिमा व्यक्तिको नाम नतोकिनुमा त्यसबेला सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा भएका कामको छानबिन…
१० जेठ, काठमाडौं - सत्ता साझेदार एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्यका निम्ति पहलकदमी लिने भएको छ । बिहीबार बसेको ८२औं सचिवालय बैठकले प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायतसँग छलफल गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीहरूको बचत हिनामिना, दुरूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको छ । कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेकै संलग्नता रहेको भन्दै छानबिनको दायरामा ल्याउन माग गर्दै आएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसके पनि कार्यादेश टुंगो लाग्न सकेको…
१० जेठ, लन्डन - बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार उक्त निर्वाचन घोषणा गरेका हुन् । आउँदो शरद ऋतुमा आम निर्वाचन हुने आमअपेक्षा विपरीत प्रधानमन्त्रीले चाँडै निर्वाचन गराउन लागेका हुन् । निर्वाचन घोषणा भएकाले अब बेलायतको संसद भोलि (शुक्रबार)देखि नै निलम्बनमा पर्नेछ । यद्यपि, संसद्को औपचारिक अन्त्य भने आउँदो बिहीबारबाट हुनेछ । संसद अन्त्यपछि करिब ५ हप्ता बेलायतमा आम निर्वाचनमा दलहरू होमिनेछन् । अहिले विपक्षी लेबर पार्टीले बेलायतमा निर्वाचन जित्ने ओपिनियन पोलहरूले देखाइरहेका छन् । हालै भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले पराजय भोगेको थियो । बुधबार साँझ निर्वाचन घोषणा…
१० जेठ, काठमाडौं - इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि जितेको छ । युरोपियन फुटबल महासङ्घको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता युरोपा लिग जित्ने क्रममा एटलान्टाले जर्मन च्याम्पियन बायर लेभरकुजेनलाई पराजित गर्यो । एटलान्टाले ६१ वर्षमा पहिलो मुख्य उपाधिको जित्न सफल भएको हो । बुधबार राति भएको फाइनल खेलमा एटलान्टा ३-० गोलले विजयी भयो । एटलान्टाको जितमा लुकम्यानले ह्याट्रिक गरे । उनले खेलको १२, २६ र ७५ मिनेटमा गोल गरेका थिए । यता हारसँगै लेभरकुजेनको ५१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो ।
१० जेठ, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने बताएका छन् । किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताए । ‘हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भने, ‘उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई…
१० जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६८ औं बुद्ध जयन्तीको अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा,…
९ जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बुधबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो । सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले जेठ १ गते महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट अस्वीकार (दरपीठ आदेश) गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि अधिवक्ता भट्टराईको रिट दर्ता हुने भएको छ । रिटमा कास्की, रुपन्देही…
९ जेठ, काठमाडौं - नेपाल बार एसोसिएसनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रुपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्र माथिकै प्रहार भएको निष्कर्ष निकालेको छ । नेपाल बारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकमा विरोध गर्दै प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने उल्लेख गरेको छ । 'हिजो मिति २०८१ जेठ ८ गतेका दिन राज्यको चौथो अंगको रुपमा स्थापित सञ्चार जगतमध्ये एक प्रतिष्ठित मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयलाई घेरा हाली प्रहरी प्रवेश गराई नाटकीय ढंगबाट अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोमा नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ'…
९ जेठ, काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले बुधबार सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन भएका सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो । सोही आधारमा आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् । दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको…