Epost Nepal

ताजा खबर

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

३० भदौ, काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।
Read More
संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

३० भदौ, काठमाडौं - सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ देखि सुरु भएको हो ।
Read More
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

३० भदौ, काठमाडौं - सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् ।
Read More
स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ८ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ८ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

३० भदौ, काठमाडौं - मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ८ बुँदे प्रस्ताव स्वीकृत गरेसँगै स्वास्थ्य क्षेत्रमा सयौंको संख्यामा रहेका कर्मचारीको समस्या सम्बोधन हुने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ८ बुँदे प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‌मा लगेका थिए । उक्त प्रस्तावलाई आइतबार मन्त्रिपरिषद्ले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति प्रदान गरेको हो । समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई यस आर्थिक वर्षभित्रै सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गरिने भएको…
Read More
ओलीलाई सुधार्न धेरै कोसिस गरियो तर  सम्भव भएन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

ओलीलाई सुधार्न धेरै कोसिस गरियो तर  सम्भव भएन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

३० भदौ, झापा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताएका छन् । माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले भने 'नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन,' । उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे । उनले गलत विचार र प्रवृत्तिविरुद्ध  झापाबाटै पुनः विद्रोह सुरु हुन सक्ने चेतावनी दिए। २०२८ सालको 'झापा बिद्रोह' को स्मरण गरेका दाहालले त्यही आन्दोलनबाट उठेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध…
Read More
चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन सकेको छैन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन सकेको छैन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

३० भदौ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै मन्त्रीमन्त्री थापाले यस्तो बताएका हुन् । उनले चीन सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए । महामन्त्री थापाले आफूले कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए । उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए । उनले भने, ‘म नेपाली कांग्रेसको कार्यकर्ता, चीनको सरकारले…
Read More
परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन्: प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन्: प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

२९ भदौ, काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागिरहेका बताएका छन् । प्रधानमन्त्रीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अझै पनि बन्न नदिने प्रयास भइरहेको बताए । उनले मुलुकलाई शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा कटिबद्ध भएर लागिरहेको बताए । शनिबार काठमाडौंको बुढानीलकण्ठमा पार्टीले गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादीहरु जुर्मुराएर लागिरहेको आरोप लगाए । 'अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी भएको अवस्था छ । परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् ।…
Read More
प्रधानन्यायाधीश सिफारिसमा सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन: पुष्पकमल दाहाल

प्रधानन्यायाधीश सिफारिसमा सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन: पुष्पकमल दाहाल

२९ भदौ, विराटनगर - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ । अध्यक्ष दाहालले संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर…
Read More
उपसभामुखलाई हटाउने योजनाबाट सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्छन्: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

उपसभामुखलाई हटाउने योजनाबाट सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्छन्: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

२९ भदौ, विराटनगर - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने योजनाबाट सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपसभामुख इन्दिरा रानाले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताए । 'उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस-एमाले नै पछि हट्नुहुन्छ।’ उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई…
Read More
आगामी प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

आगामी प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

२८ भदौ, काठमाडौं - नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादीलाई अपमानित गरेर बोलेको ठहर गर्दै आगामी बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हिंसा’शब्दलाई लक्षित नभई समग्र माओवादी आन्दोलनप्रति लक्षित रहेकाले संसद अवरोध सहि भएको धारणा राखेका छन् । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निर्णय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search